३१ आश्विन २०७८, आईतवार

प्रकाश ज्वालाको गृह जिल्लाका ६४ जनप्रतिनिधि एकीकृत समाजवादीमा



१९ भदौ सुर्खेत । नेता प्रकाश ज्वालाको गृह जिल्ला सल्यानका ६४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

शनिबार निर्वाचन आयोगमा पुगेर उनीहरूले नेकपा एकीकृत समाजवादीमा रहेको सनाखत गरेका हुन् ।

सल्यान जिल्लाका १० वटा स्थानीय तहमध्ये एमालेले चार स्थानीय तहमा प्रमुख, तीन स्थानीय तहमा उपप्रमुखसहित २७ वडाध्यक्ष, २८ दलित सदस्य, २४ महिला सदस्य र ५८ वडा सदस्यसहित कुल एक सय ४२ जना जनप्रनिधिले निर्वाचित भएका थिए ।

कुल जनप्रतिनिधिमध्ये ६४ जनाले नेकपा एकीकृत समाजवादी रोज्दा अब एमालेका जनप्रतिनिधिको संख्या ७८ जना रहेका छन् ।

स्थानीय तहका प्रमुख एक, उपप्रमुख एक र १६ जना वडाअध्यक्षले सनाखत गरेको नेकपा एकीकृत समाजवादी सल्यानका सचिव रमेश गौतमले जानकारी दिए ।

‘सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने, कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले एकीकृत समाजवादीमा सनाखत गर्नु भएको छ,’ उनले भने, ‘सनाखत गर्ने समय अझै बाँकी रहेकाले केही जनप्रतिनिधि थप हुन्छन् ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको