३ कार्तिक २०७८, बुधबार

दैलेखका २७ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजे




१९ भदौ, सुर्खेत । शुक्रबार दैलेखमा एमालेका २७ जना स्थानीय तहका जनप्रतिनीधिहरुले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा(एकीकृत समाजवादी) सनाखत गरेका छन् । शुक्रबार समाजवादीमा सनाखत गर्नेमा १ गाउँपालिका अध्यक्ष दुई जना स्थानीय तहका उपाध्यक्ष, ७ जना वडा अध्यक्ष र अन्य वडा सदस्यहरु रहेका छन् ।

समाजवादीमा सनाखत गर्नेमा महावु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, वडा १ का वडा अध्यक्ष डम्बर थापा, वडा नं. ४ का वडा अध्यक्ष देव शाही, वडा नं. ५ का अध्यक्ष जगत हमाल, वडा नं. ६ डम्बर थापा रहेका छन् ।

त्यस्तै, ठाँटीकाँध गाउँपालिका उपाध्यक्ष सुस्मीता सिंहले समाजवादीमा सनाखत गरेकी छन् ।

दुल्लु नगरपालिका वडा ९ का वडा अध्यक्ष रनबहादुर बोहोरा, भगवतीमाई गाउँपालिका वडा नं. २ वडा अध्यक्ष कर्ण बहादुर शाही र नारायण नगरपालिका ३ का वडा अध्यक्ष चन्द्र उपाध्यायले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

त्यस्तै, एकीकृत समाजवादीमा सनाखत गर्ने अन्य जनप्रतिनीधिहरु महावै गाउँपालिका गोमा ढकाल वडा सदस्य, भीमसिंह दमाई कार्यपालिका सदस्य, राज शाही वडा सदस्य, कविता गिरी वडा सदस्य, रश्मी विक वडा सदस्य, शेर बहादुर ढाडा मगर वडा सदस्य, दुल्लु नगरपालिकाका वडा सदस्य खजुरा सुजी, खगिसरा तिमिल्सेना वडा सदस्य ठाटीकाँध गाउँपालिका, खगेन्द्र खनाल वडा सदस्य भैरवी गाउँपालिका, पानसरा थापा वडा सदस्य भैरवी गाउँपालिका, संकर बयलककोटी वडा सदस्य नारायण नगरपालिका, रमेश केसी वडा सदस्य नारायण नगरपालिका, मनकुमारी सुनार वडा सदस्य नारायण नगरपालिका रत्न श्रेष्ठ वडा सदस्य नारायण नगरपालिका, नमराज शाही वडा सदस्य नारायण नगरपालिका, कृष्णबहादुर रावत वडा सदस्य नारायण नगरपालिक र खड्गबहादुर शाही वडा सदस्य महावु गाउँपालिका रहेका छन् ।

११ वटा स्थानीय तह रहेको र्दैलेखमा २०७४ को ११ स्थानीय तहमध्ये ७ वटा स्थानीय तह जितेको थियो । १४ जना प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्ष मध्ये ८ जना एमालेमै रहने बुझिएको छ भने ६ जनाले एकीकृत समाजवादीमा जाने बुझिएको छ ।

दैलेखकका ९० वडा मध्ये ५३ वटा वडाहरुमा एमाले विजयी भएको थियो । तीमध्ये ३१ जना वडाध्यक्ष एमालेमै रहने भएका छन् । एकीकृत समाजवादीमा २२ जना वडा अध्यक्ष जाने देखिएको छ ।

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता अम्मरबहादुर थापाले अझै ५० भन्दा बढी जनप्रतिनिधिहरु समाजवादीमा खुल्ने बताए ।

भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उप–प्रमुख तारा शाही (खत्री) र नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल एकीकृत समाजवादीमा खुलेका छन् । तर, उनीहरुले हालसम्म एकीकृत समाजवादीमा सनाखत गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको