२ कार्तिक २०७८, मंगलवार

१९ वर्षीया किशोरी बनिन् कांग्रेसकाे वडा सभापति




१९ भदौ, सुर्खेत ।
कांग्रेसलाई प्रायः बुढापाकाको पार्टी भन्छन् । कसैले दाईको पार्टी । तर, त्यसलाई चुनौती दिदैँ एक १९ वर्षीया किशोरी कांगे्रस १४ औ महाधिवेशनको वडा सभापति बनेकी छन् ।
दैलेख दुल्लु नगरपालिका–३ मा १९ वर्षीया स्वस्तिकाकुमारी महत नेपाली कांग्रेस दुल्लु नगरपालिका वडा नं ३ को वडा सभापतिमा निर्बिरोध निर्वाचित भएकी हुन् । शुक्रबार भएको १४ महाधिवेशनका लागि वडा अधिवेशनबाट महत निर्विरोध निर्वाचित भएकी हुन् ।

युवाहरुलाई राजनीतिका स्थान दिनुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएका कारणले महतले वडा सभापतिमा निर्बिरोध निर्वाचित भएको नेपाली कांगे्रस दैलेखका नेता तथा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए ।

हामी सबैले आस्था राख्ने पार्टी मिल्ला या नमिल्ला तर, राजनीतिमा युवाको सहभागिता प्रशंसनीय कार्य भएको स्थानीय युवा राजबहादुर थापाले बताए ।

वडा सभापतिमा निविरोध निर्वाचित भएकी स्वस्तिका नेपाली कांग्रेस दैलेखका स्वर्गीय नेता भुपेन्द्रजंङ्ग महतको छोरी हुन् ।

१९ वर्षीया किशोरी वडा सभापति बनेपछि विपक्षी दल तथा अन्य व्यक्तिहरुले पं्रशसा गरेका छन् ।

वडा सभापति जस्तो गरिमामय पदमा निर्वाचित हुनु युवाका लागि गर्वको बिषयमा भएको स्थानीय युवा राजेन्द्र बिसीले बताए । ‘युवाहरुले सफल राजनीतिक जिवनका लागि राजनीतिमा आउनु पर्छ ।’ उनले भने,‘सानै उमेरमा सभापति पदमा निर्वाचित हुनु राम्रो हो । अन्य राजनीतिक दलहरुले पनि यसको सिको गरुन् ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको