२ कार्तिक २०७८, मंगलवार

तारा श्रीस र आर्यन तामाङ्गको पहिलो गीत ‘मायाको चौघेरो’ सार्वजनिक(भिडियोसहित)



१९ भदौ, काठमाडौं । भ्वोइस अफ नेपाल सिजन–३ का उत्कृष्ट प्रतिष्पर्धी तारा श्रीस मगर र आर्यन तामाङ्गको पहिलो गीत ‘मायाको चौघेरो’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीका गरिएको एक पत्रकार भेटघाट कार्यक्रमका बिच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

रोमान्टिक शैलीको गीतमा युवा गायक जोसेफ शाही ठकुरीको शब्द/संगीत रहेको छ । विषम आचार्यको संगीत संयोजनले गीत थप सशक्त बनेको छ । ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनी सम्पादन किशोर थापाले गरेका हुन् ।

गीतको भिडियोमा पछिल्लो समयका बहुचर्चित मोडल सरोज राना प्रजा र बिना राउतको नृत्यसहितको अभिनय हेर्न सकिन्छ । बिनालाई एकोहोरो पछ्याइरहेका सरोजले अन्त्यमा आफ्नो मायाको चौघेरोमा पार्न सफल भएको कहाँनी गीतको भिडियोमा समेटिएको छ । गीतको नृत्य निर्देशन समेत सरोजले नै गरेका हुन् ।

भिडियोमा भक्तपुर दरबार स्क्वाएरका विभिन्न झलकहरू देख्न सकिन्छ । बसन्त कुँवरको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको