१७ आश्विन २०८०, बुधबार

होम क्वारेन्टिनबाटै मन्त्रालयको काम हेरिरहेको छु : स्वास्थ्य मन्त्री ढकाल



भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललको क्वारेन्टिनबाटै मन्त्रालयको काम हेरिरहेको बताएका छन् ।

आफ्नै परिवारको सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि होम क्वारेन्टिनमा बसेर मन्त्रालयको काम हेरिरहेको मन्त्री ढकालले बताए ।

आफुलाई कोरोना सङ्क्रमण नभएको भन्दै मन्त्री ढकालले घरकै सदस्यलाई कोरोना देखिएपछि आफै क्वारेन्टिनमा बसेको बताए ।

तिन दिनअघि आफ्नै परिवारका एक सदस्यलाई कोरोना पुष्टि भएपछि मन्त्री ढकाल घरमै क्वारेन्टिनमा बसिरहेका छन् ।

स्वास्थ्य मन्त्री नै क्वारेन्टिनमा बस्नुपर्ने अवस्था आउनु आम सर्वसाधरणका लागि चिन्ताको विषय बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको