५ कार्तिक २०७८, शुक्रबार

पर्वतमा पहिरोमा परि ६ जनाको मृत्यु




१८ भदौ, काठमाडौ । पर्वतका विभिन्न स्थानमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशल्या पौडेलको मृत्यु भएको पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताए ।

पहिरोमा सोही परिवारका भगवती पौडेल र उनका छोरा विनोद बेपत्ता छन् ।

यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पनि पहिरोमा पुरिएर आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश रहेका छन् ।

यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको पर्वत प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको