३१ आश्विन २०७८, आईतवार

गृहजिल्लामै भीम रावल कमजोर




१८ भदौ, काठमाडौं । नेकपा एमाले विभाजनपछि गृहजिल्ला अछाममै उपाध्यक्ष भीम रावल कमजोर देखिएका छन् ।

माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादीमा पार्टी बनाएपछि लामो समयदेखि रावललाई साथ दिँदै आएका नेताहरूले एमाले छोडेका छन् । एमाले विभाजन हुँदा रावलले एमालेमै बस्ने निर्णय गरे । त्यसपछि उनीनिकट नेताहरू नै एकीकृत समाजवादीमा गएका छन् ।

सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका अछामका शेरबहादुर कुँवर एकीकृत समाजवादीमा लगोका छन् । अछामका प्रदेशसभा सदस्यहरू शंकर भण्डारी र बलबहादुर सोडारीले एकीकृत समाजवादी रोजेका छन् । प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले मात्रै रावललाई साथ दिएका छन् ।

अछामबाटै समानुपातिक कोटामा प्रदेशसभाका सदस्य बनेका मिना साउद र दुर्गा कामी पनि एकीकृत समाजवादीमै लागेका छन् । अछामका १० स्थानीय तहमध्ये एमालेले २ नगरपालिकामा प्रमुख र २ उपप्रमुखसहित एक गाउँपालिका अध्यक्ष जित हात पारेको थियो । एमालेबाट मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा र उपप्रमुख सरिता उपाध्याय पार्टी विभाजनपछि एमालेमै बसेका छन् भने चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउद र साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुवँरले एकीकृत समाजवादीमा लागेका छन् ।

साँफेबगरकै उपप्रमुख बिर्मलादेवी बुडथापा भने तटस्थ बसेकी छिन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको