३१ आश्विन २०७८, आईतवार

प्रदेश २ का एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी




७ भदौ, काठमाडौं । प्रदेश २ का नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेर एमालेका १० सांसदले एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गरेका हुन् ।

सांसदहरू मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तवले एमाले छोडेर एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

सांसद शत्रुधन महतोले अझै तीन जना सांसद एकीकृत समाजवादीमा आउने बताए । उनका अनुसार सांसद डिल्ली उप्रेती उपचारका लागि भारतमा रहेको र दूतावासमार्फत सनाखत गराइने छ । यस्तै, सांसदहरू सीता गुरुङ र सुन्दरबहादुर विश्वकर्मा सनाखतका लागि शुक्रबार उपस्थित हुने उनले बताए ।

प्रदेश २ को प्रदेशसभामा एमालेका २१ सांसद थिए । तीमध्ये शुक्रबार १० सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका पक्षमा प्रदेश २ मा यसअघि १३ सांसद थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको