१ आश्विन २०७८, शुक्रबार

नेकपा (एकिकृत समाजवादी) को नरहरिनाथ गाउँपालिकाको अगुवा कार्यकर्ता भेला सम्पन्न





१६ भदौ, कालीकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा पालिकास्तरीय नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी विभाजनपछि पहिलो पटक पालिकास्तरीय अगुवा कार्यक्रता भेला तथा प्रशिक्षण सम्पन्न गरेको हो ।

अगुवा कार्यक्रता भेला तथा प्रशिक्षणमा प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले ओलीको असंबैधानिक कदम चालेको पार्टीलाई निरकुश ढंगले चलाएका कारणले बिद्रोह गर्नु परेको बताए । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी हैकमका बिरुद्ध पार्टीमा बिद्रोह गर्नु परेको हो ।’ उनले भने,‘पार्टी कसैको पेवा हैन् । यो सामुहिक नेतृत्व हो । त्यसले क्रान्तिकारी पार्टी बनाउनका लागि नयाँ पार्टी बनाएका हौं ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेकपा (एकिकृत समाजवादी) का नेता वीरेन्द्रबहादुर बुढाले केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमले देशमा अस्थिरता निम्त्याएको बताए । उनले नेपाली जनताले दिएको जनमत समेतको अवज्ञा गरेको आरोप बताए ।

प्रशिक्षण कार्यक्रममा नेता गोरख बटाला रत्न सहकारी, हर्क बहादुर बुढा, गजेन्द्र बहादुर बुढा, केशव थापा, रामजी वोगटीलगाएत अन्य नेताहरुको उपस्थिति रहेको थियो ।

नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी) प्रदेश कमिटी सदस्य धीरबहादुर विष्टको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उक्त कार्यक्रमको सभाध्यक्षता जिल्ला पार्टी सचिवालय सदस्य दानबहादुर सहकारीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको