३१ आश्विन २०७८, आईतवार

कर्णाली प्रदेशका तीन सांसदले गरे एकीकृत समाजवादीको पक्षमा सनाखत




६, भदौ, सुर्खेत । कर्णाली प्रदेशका तीन सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । उनीहरू एमाले छाडी एकीकृत समाजवादीमा लागेका हुन् ।

मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले आज कर्णाली प्रदेशस्थित निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

सांसद देवी ओलीले कर्णालीका अरु सांसद पनि एकीकृत समाजवादीमा आउने दाबी गरिन् । आज आफूसहित तीन सांसदले सनाखत गरेको जानकारी दिँदै ओलीले सनाखत गर्ने समय बाँकी रहेकाले सांसदहरू थपिने बताएकी हुन् ।

ु२२ गतेसम्म सनाखत गर्न सकिने छ । त्यस बेलासम्म एकीकृत समाजवादीमा अरु साथीहरू पनि थपिनुहुन्छ,ु उनले भनिन् ।

तीन सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेसँगै प्रदेशसभामा अब एमालेका १३ जना सांसद रहेका छन् । प्रदेशमा एमालेका २० सांसद रहेकामा चार जनालाई यसअघि कारबाही गरी सांसद पदबाट निलम्बन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको