सुदेश पराजुलीले हाकाहाकी भने, ‘ऐन महर विद्यार्थी आन्दोलनको खराब प्रवृत्तिको नेतृत्व हो’
१५ भदौंं, काठमाडौं । नेकपा (एकिकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष ऐन महरलाई नेपालको विद्यार्थी आन्दोलनको खराब प्रवृत्तिको नेतृत्व गरेको हाकाहाकी बताएका छन् । उनले प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ महरलाई यस्तो भनेका हुन् ।
कार्यक्रममा पराजुलीले भने, ‘विद्यार्थी आन्दोलनमा गलत ट्रेनहरू हुर्किदैछन्, गलत प्रवृत्तिहरू हुर्किदैछन यस्ता खराब प्रवृत्तिको जग भनेको ऐनजी हो । ऐनजीले नेतृत्व गरेको समुह हो ।’
महरले ‘यस्ता खालका बहुलठ्ठीपन तर्कका पछाडि मलाई लाग्नु छैन, आफू राम्रो बनाउनका लागि कहिले काहिँ पागलले पनि आफूलाई राम्रो देखिदिन सक्छ, दिमाग खुस्केका मान्छेले पनि आफूलाई राम्रो भनि दिनसक्छ, मलाई त्यतातिर जानु छैन्’ भनेपछि विवाद चर्किएको थियो । त्यसपछि पराजुलीले ‘तपाईँ संगठनको मर्यादासँग बस्नुहोस्, यहाँ रञ्जीत जी, म र तपाईँ छौं यहाँ को पागल छ ? यहाँ कोले पागलको बोली बोल्या छ ? भन्दै खरो रूपमा प्रस्तुत भएका थिए ।
महरले पराजुलीलाई चुनौतिपूर्ण ढंगले ‘तपाईँले संगठनको नाम अनेरास्ववियु लेख्न पाउनु हुन्न बदल्नुहोस्’ भने । जवाफमा पराजुलीले म विद्यार्थी मोर्चा फाँटका प्रमुख गोकर्ण विष्टको प्रमुख आतिथ्यतामा ऐन महरलाई कारवाही र नविना लामालाई विदाई गरी २२ सय प्रतिनिधिका बीचबाट सर्वसम्मत अध्यक्ष भएको हुँ भन्दै वैधानिक अनेरास्ववियुको अध्यक्ष आफू भएको जिकिर गरे ।