३१ आश्विन २०७८, आईतवार

नगर अस्पतालबाट प्रसुती सेवा लिनेलाई वीरेन्द्रनगरले दिन्छ यस्ता सुबिधा




सुर्खेत, १४ भदौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पतालबाट प्रसुती सेवा लिनेलाई पोषण खर्च गर्भवती उत्पेरणा तथा एम्बुलेन्सबापतको खर्च दिने गरेको छ । स्वास्थ्य संस्थामा आएर प्रसुती सेवा लिन गर्भवती तथा सुत्केरी महिला उत्पेरणा जगाउने उद्देश्यका साथ पोषण खर्च गर्भवती उत्पेरणा तथा एम्बुलेन्सबापतको खर्च दिने गरेको हो ।

वीरेन्द्रनगर नगर अस्पताल–७ सुर्खेत(पुरानो अस्पताल)मा नगरले अस्पताल सञ्चालनमा ल्याएदेखि दक्ष प्रसुती पहिलो प्रसुति सेवा लिने वीरेन्द्रनगर नगरपालिका– १३ का मानकुमारी कोइराला पोषण खर्च २ हजार, गर्भवती उत्प्रेरणा÷यातायात खर्च २ हजार ८ सय र एम्बुलेन्स यातायात भाडा १ हजार गरि जम्मा ५ हजार ८ सय दिइएको नगरपालिका उपप्रमुख मोहनमाया ढकालले बताइन् । ‘मातृ मृत्युदर जोखिम कम गर्नका लागि गर्भवती सुत्केरी महिला नियमित अस्पतालमा आउन भनेर यो सेवा शुरु गरिएको छ ।’ उनले भनिन्,‘नगरपालिकाले दिने सेवा सुबिधाले आमा तथा बालबालिकाको पोषण तथा अन्य जोखिमको न्यूनीकरण ल्याउन लक्ष्य राखेको छ ।’

नगर अस्पतालको सेवा सुबिधामा विस्तार गर्न नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बिषेषज्ञ सेवा विस्तार गर्दै जाने उपप्रमुख ढकालले जानकारी दिइन् । ‘नगर अस्पतालबाट प्रवाह हुने सेवा सुबिधाको बिस्तार गर्ने लक्ष्य नगरपालिकाले राखेको छ ।’ उनले भनिन्,‘नगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्ने लक्ष्य नगरपालिकाले राखेको छ ।’

नगर अस्पतालको पहिलो पटक सुत्केरी सेवा पाउँदा आफु हर्षित भएको मानकुमारी कोइरालाले बताइन् । ‘स्वास्थ्यकर्मीहरुको व्यवहारले आफुहरु सन्तुष्ट रहेको र सुरक्षित सुत्केरी हुन पाउँदा खुःसी लागेको छ ।’ उनले भनिन्,‘नगर अस्पतालले अझैँ स्वास्थ्य क्षेत्रको सेवा र सुबिधा विस्तार गर्न जरुरी रहेको छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको