२ कार्तिक २०७८, मंगलवार

बुधबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने गठबन्धनको सहमति



१४ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनबीच बुधबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलको बैठकले बुधबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेको हो ।

नेकपा ९एकीकृत समाजवादी०का नेता डा।विजय पौडेलले बुधबार मन्त्रिमण्डलले पूर्णता पाउने जानकारी दिए । साथै वैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट सच्याउने निर्णय गरेको उनले बताए ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार बनेको डेढ महिन बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसकेपछि सर्वत्र आलोचना भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको