५ कार्तिक २०७८, शुक्रबार

भोलि स्वदेश फर्किंदै झलनाथ खनाल




१३ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल भोलि सोमबार स्वदेश फर्किंदैछन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका खनाल भोलि अपरान्ह स्वदेश फर्किन लागेका हुन् ।

गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मुलुकमा एमालेभित्रको चरम शक्ति संघर्षका बेला उपचारमा रहेका खनाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य हुन् । नेपाल आइपुगेलगत्तै उनले निर्वाचन आयोगले एकीकृत समाजवादी दल दर्ताका लागि गरेको सनाखतमा हस्ताक्षर गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको