५ कार्तिक २०७८, शुक्रबार

माधव नेपाले द्रोश्रो पुस्ताका नेतालाई भने,‘मलाई घचेटेर अगाडि बढाए, पछाडि फर्किँदा त भागिसकेछन्’




१२ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीविरुद्धको निर्णायक लडाइँमा एमालेका दोस्रो पुस्ताका नेताले खुट्टा कमाएर मैदान छाडेको बताएका छन् । शनिबार पेशागत महासंघ नेपाल, बागमती प्रदेशद्वारा आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले द्रोश्रो पुस्ताका नेताहरुले आफुहरुलाई घचेटेर अगाडी बढाएको तर, पछाडी हेर्दा भागिसकेको बताएका हुन् ।

ओलीविरुद्धको लडाइँमा अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ तर केपी ओलीलाई फाल्नै पर्छ भनेर द्रोश्रो पुस्ताका नेताले भनेको अध्यक्ष नेपालले बताए ।

आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुलाई सम्झिँदै अध्यक्ष नेपालले भने, ‘उनीहरुले भनेपछि ओलीलाई संसदबाटै फाल्न म लागेकै हो । सडकबाट फाल्न नसकिने भएकाले संसदको गतिविधिमा भाग नलिएर बहिष्कार गर्‍यौँ । त्यहीकारण ओलीले सत्ता पनि छाड्नुपर्यो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको