५ कार्तिक २०७८, शुक्रबार

क्रिकेट टिमका मुख्य प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा




१२ भदौ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् । वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ ९क्यान०लाई शुक्रबार राजीनामा बुझाएका हुन् ।

क्यानले खुल्ला प्रतिस्पर्धाबाट ह्वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । सेप्टेम्बर १३ देखि २० सम्म हुने नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिज मुख्य प्रशिक्षकबाट बिदा लिन चाहेको उनले बताएका छन् । राजीनामा पत्रमा उनले महामारीका बेलामा परिवारसँग टाढा बस्नु उपयुक्त नलागेको उल्लेख गरेका छन् ।

उनले क्यानसँग एक वर्षको सम्झौता गरेपनि ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका छन् । क्रिकेट संघले ह्वाटमोरलाई २ पुस २०७७ मा एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

श्रीलंकालाई विश्वकप जिताएका प्रशिक्षक वाट्मोर नेपाल आउनु अघि सिंगापुरको प्रशिक्षक थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको