१ आश्विन २०७८, शुक्रबार

साहस



कहिले पनि पछाडि फर्किने नसोच
किनकी अण्डा फुटाएर बाहिर निस्केको चरा हौं तिमी
आफ्ना पखेटामा तागत भर
उड्ने साहस गर
जब तिमी साहस गर्नेछौ
तिम्रो सामु कोही ठोकिन आएमा
कोरोडौं,अरबौंको मुल्यवान भनिनेहरू पनि
जमिनमा भर्न बाध्य हुनेछन्
आफूलाई त्रिलोक पति भन्नेहरूको पनि
एक चिहान हुनेछ
आफन्तहरूले समेत मुख हेर्न पाउने छैनन्
जब तिमी कसरी उड्ने भनेर सोचीमात्र रहन्छौ
अर्को बचेरा उडेर अकास चुमिसकेको हुनेछ
तिम्रो उडाइ अरुलाई ठक्कर दिन होइन
आफ्नो लक्ष्य चुम्न होस्
ठक्कर दिने मात्र सोचले उडेको हो भने
तिमी पनि एकै चिहान बन्नेछौ तर तस्तो नहोस्
कदापी नहोस्
किनकी तिमी र मेरो कयौं आँसुका ढिक्काहरू सँगै खसेका छन्
सगरमाथाको शिखरमा पुगेर
नेपाल आमाको छातीमा लात नहान्नु
अनि उड्न सक्छु भनेर आफ्नो माटो प्रति गद्दारी नगर्नु ।

खतिवडा अधिवक्ता एवम् पूर्व विद्यार्थी नेता हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको