२ कार्तिक २०७८, मंगलवार

रोशनीको कृष्णबहादुर महरालाई चेतावनीः ‘अर्को मुद्दा बाँकी नै छ महरा जी !’



११ भदौ, काठमाडौं। रोशनी शाहीसँगको जवरजस्ती करणीसम्बन्धी मुद्दाबाट सफाई फेरी राजनितिक जीवनमा सक्रिय हुन थालेका कृष्णबहादुर महरालाई रोशनीले फेरी औला उठाएकी छिन् । महरा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी पाइ मन्त्री बन्नेसम्मको चर्चा चलेका बेला रोशनीले महरालाई सामाजिक सञ्जालमार्फत् चेतावनी दिएकी छन् ।

माओवादी नेता महरा सभामुख हुँदा यौन दुर्व्यवहारको आरोप लगाउँदै पदबाट राजनीनामा दिन बाध्य पारेकी रोशनी शाहीले फेरि अर्को धम्की दिएकी छन्। रोशनीले महरालाई सभामुख हुँदा जबरजस्ती करणी मुद्दा हालेका थिइन् । महराले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनबाट समेत सफाई पाइसकेका छन् ।

बिहीबार बिहान रोशनीले सामाजिक सञ्‍जाल फेसबुकबाट महरा विरुद्ध दुई स्टाटस लेखेकी छन् । महरालाई धम्कीपूर्ण भाषामा रोशनीले लेखेकी छन्, ‘अर्को मुद्दा बाँकि नै छ महरा जी ।’

रोशनीले फेसबुकमा अर्को स्टाटसमा लेखेकी छन्, ‘महरा सकिए महराको चालीस वर्षको राजनीति सखाप भयो, महराको राजनीति योगदान खरानी भयो भनेर कराउनेहरू महराको राजनीति जहाँको त्यँहि हुनुमा एउटी महिलाले संसारसँग एक्लै लडेर बदनामी सहिन् । अर्की महिला मृत्युको मुखमा परिन् । पुरुष अगाडि बढ्नुमा महिलाहरू जल्नुपर्छ मर्नुपर्छ मृत्युको शैयामा आगोको ज्वालामा बसेर पुरुषहरू आफ्नो ढाड सेकाउँछन् ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको