३१ आश्विन २०७८, आईतवार

भीम आचार्य मख्यमन्त्री भएकै दिन उनका भाइको शंकास्पद मृत्यु



११ भदौ, विराटनगर। नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भई फूलगुच्छा, अबीर, माला र खादा सहित बधाई ज्ञापन गरिरहँदा उनका भाइको शंकास्पद अवस्थामा मृत्यू भएको छ । लामो प्रयासपछि मुख्यमन्त्री बन्न सफल भएका आचार्यका ५९ वर्षीय भाइ रामप्रसाद आचार्यको मुत्युको खबरले सबैलाई स्तब्ध बनाएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरीका अनुसार सुनसरीको इनरुवा नगरपालिका–३ स्थित घरमै रामप्रसाद आचार्य मृत भेटिएका थिए। रामप्रसादको शव भेटिएको कोठामा विषको गन्ध समेत आएको प्रहरीले जनाएको छ। पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल इनरुवामा पठाइएको र रिपोर्ट आएपछि मात्रै सबै विषय खुल्ने बताइएको छ।

मुख्यमन्त्री नियुक्त भएकोमा बधाई ग्रहण गरेका आचार्य बिहीबार बेलुका भाइको अन्तिम संस्कारका लागि सुनसरी गएका छन्। नेकपा (एमाले) विभाजन हुँदा माधवकुमार नेपालको साथ छाडेका आचार्य नयाँ दलले वैधानिकता पाएको २४ घण्टा बित्न नपाउँदै ओलीकै सल्लाहमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

विराटनगरको होटल एसियाटिकमा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री नियुक्तिका लागि सिफारिस गर्दैगर्दा आचार्यले भाइ रामप्रसाद मृत भेटिएको खबर पाएका थिए।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको