२ कार्तिक २०७८, मंगलवार

केपी ओली दक्षिणपन्थी भासमा फसेपछि बिद्रोह अनिवार्यः माधव नेपाल




० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा फसेपछि आफूहरूले विद्रोह गरेको बताएका छन् ।

पार्टी दर्ता भएपछि बिहीबार पत्रकार सम्मेलन गरी अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली दक्षिणपन्थी भासमा फसेपछि बाध्य भएर विद्रोह गर्नु परेको बताएका छन् ।

‘केपी ओली दक्षिणपन्थी भासमा फस्नुभयो । उहाँले पार्टीका सबै खालका मूल्य र मान्यतालाई तिलाञ्जली दिएर व्यक्तिवाद र व्यक्तिवादको अहंकारको घोडामा सवार भएपछि हामीले बाध्य भएर विद्रोह गरेका हौं,’ उनले भने ।

नेपालले ओलीले एमालेलाई आफ्नो निजी सम्पत्ति ठानेको पनि आरोप लगाए । ‘उहाँले हामीले दुःख गरेर हुर्काएको पार्टीलाई निजी कम्पनीका बनाए । हामीजस्ता क्रान्तिकारी योद्धालाई पार्टीबाट निष्कासन गरिसकेपछि हामीसँग त्यसविरुद्ध विद्रोह गर्नेबाहेक विकल्प भएन,’ उनले भने ।

उनले एमालेमा पीडित भएका सबै क्रान्तिकारी कार्यकर्ताहरूलाई समेटेर आफूले नयाँ पार्टी बनाएको बताए । नेपालले एमाले अध्यक्ष ओली गुटबाट छुटकारा पाउन आफ्नो पार्टीमा आउन सबैलाई अपिल गरे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको