५ कार्तिक २०७८, शुक्रबार

मानसरोवर कैलाशको दर्शन लागि हुम्ला पुगेँ सद्गुरु




१० भदौ, सुर्खेत । हिन्दु र बौद्ध धर्मालम्बीको तीर्थस्थलका रुपमा रहेको कैलाश मानसरोवरको दर्शनका लागि सद्गुरुको टोली हुम्लामा पुगेको छ । मानसरोवर कैलाश दर्शनका लागि सद्गुरु नेतृत्वको १०३ जनाको टोली हुम्ला पुगेको हो ।

मंगलबार नै सदगुरु हुम्ला आउने कार्यक्रम तय भएको भएपनि मौसम खराबी कारणले बुधबार मात्र हुम्ला पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । ‘टोली नाम्खा गाउँपालिका–६ मा रहेको लिमी उपत्यकाको ५ हजार मिटर उचाइँ हुँदै लाप्चाबाट मानसरोवर जानेछ ।’ उनले भने,‘बिहीबार बिहान नै सद्गुरुको टोली लाप्चातर्फको पैदल यात्रा निस्किएको छ ।’

पैदल मार्गबाट लाप्चा क्षेत्र पुग्न टोलीले ११ दिन लाग्छ । सद्गुरुले प्रत्येक बास बस्ने स्थानमा दुई रात बिताउने बताइएको छ । टोली नाम्खा गाउँपालिका–१ को लेकधिङ्गामा बास बस्नेछ भने अर्को बास चार हजार आठ सय मिटर अग्लो स्थान सेलिबाङ तालमा बस्नेछ । यस्तै अर्को बास भने लिमीको ताक्चीमा बस्ने व्यवस्था गरिएको छ ।

को हुन् सद्गुरु ?

सद्गुरुको वास्तविक नाम जग्गी वासुदेव हो । उनको जन्म ५ सेप्टेम्बर १९५७ मा भारतको कर्नाटक राज्यको मैसुर सहरमा भएको हो ।

योग, ध्यान सिकाउनुका साथै सामाजिक एवं सामुदायिक विकास योजनामा अनवरत उनी गत शनिबार नेपाल आएका थिए । उनले ८ भाषामा १०० भन्दा धेरै पुस्तकको लेखेका छन् । ईशा फाउन्डेसनले भारतसहित, अमेरिका, इंग्ल्याण्ड, लेबनान, सिंगापुर एवं अष्ट्रेलियामा योग सिकाउँछ ।

११ वर्षको उमेरमा जग्गी वासुदेवले योगको अभ्यास गर्न सुरु गरे । इनका योग शिक्षक थिए श्री राघवेन्द्र राव, जसलाई मल्लाडिहल्लि स्वामीको नामले चिनिन्छ । मैसूर विश्वविद्यालयमा उनले अंग्रेजी भाषामा स्नातकको उपाधि प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको