२ कार्तिक २०७८, मंगलवार

म २ पटक संसद विघठन गरेर गल्ती गरें भनेर ओलीलाई आत्मवोंध गर्नुहोस् भन्छुः घनश्याम भुसाल



९ भदौ, काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २–२ पटक प्रतिनिधि सभा विघटन गर्ने कुरा गल्ती थियो भनेर आत्मवोंघ गनुृहोस् भन्ने बताएका छन् । उनले यो कुरा आफूले हिजोदेखि नै भन्दै आइरहेको र भोली पनि भन्ने बताए ।

उपमहासचिव भुसाललाई हिमालय टेलिभिजनको बुधबार साँझको कार्यक्रम ‘यक्ष प्रश्न’ मा कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँले कमरेड केपी ओली तपाईं मेरो अध्यक्ष हो भने मैले संसद २ पटक विघटन गर्ने कुरा गल्ती गरें भनेर आत्मवोंध गर्नुहोस् भन्न सक्नुहुन्छ भनी प्रश्न गरेका थिए ।

जवाफमा भुसाल भने, ‘संसद विघठनका बारेमा उहाँसँग धेरै राम्ररी जवाफ माग्छौं । माग्ने भएर आएका छौं । यो मैले भनिराखेको छु, आज पनि भन्छु, भोली पनि भन्छु । कुन भाषामा भन्छु कसरी भन्छु । मेरो ढोका खुलेको छ । मलाई त्यहाँ जान दिनुहोस् । यो मेरो निजी कुरा होइन । मेरो राजनीतिक भनेको सार्वजनिक जिन्दगी हो भने मेरो पार्टीको जिन्दगी भनेको पनि सार्वजनिक सरोकारको विषय हो । यसको उत्तर हामी दिन्छौं र एमालेको पुनःउदय गछौं ।’

उनले थप भने, ‘हामीले एकले अर्कालाई दोष त लगाउँला । तर यो साँचो हो कि आज संविधान बचेको छ, संसद बचेको छ र यो पनि साँचो हो कि नेकपा (एमाले)को सरकार खसेको छ । यी दुइटै कुरालाई राखेर नै आजको सबैभन्दा हामीभित्रको राजनीतिक प्रश्न उब्जेको छ । यस प्रश्नका सन्दर्भमा कसले कति गल्ती गर्यो भन्ने कुराको हामी समिक्षा गर्नेछौं, धेरै राम्ररी समिक्षा गर्नेछौं र दुनियाँका सामु आएर यो–यो कारणले गर्दा यो घटना घट्यो भनी बताउनेछौं ।’

भुसालले कार्यदलको छलफलमै पनि आफूहरूले संसद विघठन गलत थियो लगायतका धेरै शर्तहरू हामीले राख्न सकिन्थ्यो तर हामीले एकदमै न्युनतम शर्त कसले गल्ती गर्यो या गरेन भन्ने विषयमा सँगै बसेर समिक्षा गर्ने मोडेल तयार गरेको बताए । उनले भने, ‘अव यसका लागि जेठ २ गतेको ढोका खुलेको छ । हामी यी तमाम प्रश्नहरूका विषयमा छलफल गछौं र जनतालाई जवाफ दिन्छौं ।’

उनले नेकपा (एमाले) भित्रको चरम विवादको सन्दर्भमा विम्व प्रयोग गर्दै भने, ‘फागुन २३ गतेको सर्वोच्च अदालतले नेकपा (एमाले) व्युताएपछि हामी त्यो पार्टी जीवन सुरु गर्न चाहन्थ्यौं तर कमरेड ओलीले त्यो ढोका बन्द गरिदिनु भयो । हामीले भन्यौं त्यो ढोका खोल्नुहोस् । उहाँले खोल्दिन भन्नुभयो । हामीले ढोका ढकढक्यायौं, हान्यौं उहाँले गाली गर्नुभयो । हामीले ढुंगा हान्यौं । यो ढुंगा गाली देखेपछि मान्छेलाई के लाग्यो भने यिनीहरूको बस्ने ठाउँ छैन, अव बस्दैनन् । यिनीहरुलाई सँगै बस्न लाज लाग्नेछ भनेर मान्छेहरूले अनुमान गरे । तर यो ढुंगा गाली केका लागि भएको थियो भने ढोका खोलाउनका लागि भएको थियो । अहिले त्यो ढोका खुलेको छ ।’

अन्तरवार्ताका क्रममा उनले भने, ‘म आफू कुनै व्यक्तिलाई भन्दा पनि सिंगो एमालेलाई सुधार्न सकिन्छ भनी आएको हुँ । म अँझै गम्भिरताका साथ के भन्छु भने नेकपा (एमाले) का क्षयले, संकटले वा घरझगडाले जे समस्याहरू आए यसले गर्दा मुलुकको राजनीतिक आन्दोलनमा, लोकतान्त्रिक आन्दोलनमा, वामपन्थी आन्दोलनमा एमालेको पुनःउदय जुरुरी छ । हामी नेकपा (एमाले)को पुनःउदय गरेर यसको भर्पाई गर्नेछौं ।’

पार्टी विभाजनसम्बन्धी कार्यक्रम प्रस्तोता बानियाँले सोधेको प्रश्नमा भुसालले भने, ‘म व्यक्तिका मन, वचन र कर्मले लेखेर वा बोलेर वा आसयले कमरेड माधवकुमार नेपाललाई पार्टी फुटाउनलाई उकासेको एउटा सानो प्रमाण कसैले दिन्छ भने त्यसको सजाय म भोग्न तयार छु । मैले राष्ट्रिय भेलाको डकुमेण्ट मैले तयार गरेको हुँ र अन्त्यमा मैले बोलेको हुँ ‘न विभाजन र समर्पण’ भनेर । मैले अहिले सुन्दैछु विधान तयार भाथ्यो रे । संस्थागत रूपमा राष्ट्रिय भेला, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठकका हिसावले कहिल्यैं पनि फुटको कुरा गरेका छैनौं, एकताकै कुरा गरेका छौं ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको