२ कार्तिक २०७८, मंगलवार

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पायो वैधता



९ भदौ, काठमाडौं । नेकपा (एमाले)बाट विभाजित भएका नेताहरूले गठन गरेको पार्टी नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ । एमालेका पूर्व वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)लाई बुधबार आयोगले दर्ता प्रमाणपत्र प्रदान गरेको छ ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि आवेदन दिएका थिए । उनीहरूमध्ये ५६ जनाले सनाखत गरे भने दल दर्ता प्रक्रियामा समावेश भएका एमाले केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला भने सनाखतका लागि आयोगमा उपस्थित भएनन् । यद्यपि दल दर्ताका लागि चाहिने २०३ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत भने पुगेको छ ।

यस्तै २९ जना संघीय संसदले पनि नेकपा (एकीकृत समाजवादी) रोजेका छन् भने मंगलबार मात्र दल एकीकृत समाजवादीमा आउन निवेदन दिएका चार जनाले भने सनाखत गर्न पाएनन् । अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको