१ आश्विन २०७८, शुक्रबार

राराफुटी राक्म डोल्ने ज्योतीष गीतानन्दको भविष्यवाणी


चक्रबहादुर शाही
९ भाद्र २०७८, बुधबार

राजा तीलसी बम्मसँगै दुल्लुबाट आठविस आएका गर्ग गोत्रिय आचार्य ब्राम्हणहरूलाई लामिछानीको पाखा जग्गामा बसाइएको थियो । कर्णाली किनारको राकमको फराकिलो जिउलो उनीहरूलाई भात खाने खेत बिर्ता दिइएको थियो । गितानन्द, कालीकानन्द, प्रयागानन्द र कनिकानन्द यी चार भाई आचार्यहरूमा गीतानन्द निकै सिद्धहस्त ज्योतीष थिए । उनले गरेको भविष्यवाणी सबै पुरा हुन्थ्यो । उनको किर्ती आठबिसमा मात्र नभएर धेरै परपरसम्म फैलिएको थियो ।

एक बर्ष गीतानन्दले राराफुटी राक्म डोल्ने (रारा ताल फुटेर राकमको जिउलो बगाउने) भविष्यवाणी गरे । अहिलेसम्म नसुनिएको कुरा कसैले विश्वास गरेनन् । रारा के हो र कहाँ छ त्यो पनि धेरैलाई थाहा थिएन । बर्षभरीको भात खाने खेत नरोपी कोही बस्न सकेनन् । सबैले आ–आफ्ना खेत रोपाई गरे । तर गीतानन्दले यो वर्ष आफ्नो जिउलोमा धान रोपाईँ नगरी बाँझै राखे ।

एक बर्ष गीतानन्दले राराफुटी राक्म डोल्ने (रारा ताल फुटेर राकमको जिउलो बगाउने) भविष्यवाणी गरे । अहिलेसम्म नसुनिएको कुरा कसैले विश्वास गरेनन् । रारा के हो र कहाँ छ त्यो पनि धेरैलाई थाहा थिएन । बर्षभरीको भात खाने खेत नरोपी कोही बस्न सकेनन् । सबैले आ–आफ्ना खेत रोपाई गरे । तर गीतानन्दले यो वर्ष आफ्नो जिउलोमा धान रोपाईँ नगरी बाँझै राखे । राक्मको जिउलोमा त्यो बर्षको धान पनि निकै राम्रो सप्रिएको थियो । आ–आफ्ना खेतमा सबैका नार्या (गोठ) थिए । खेत रोप्ने, काट्ने र माड्ने बेला सबै यही नार्यामा बस्ने गर्दथे ।

कात्तिक १६ गते नयाँ धानको नउखाने (नयाँ बालीको नुवागी) दिन थियो । सोही दिन गीतानन्दले रारा फुट्ने भविष्यवाणी गरेका थिए । कात्तिक पुर्णिमाको दिन थियो । टहटह जुन लागेका उजेली रात थिए । कात्तिक महिनाको सफा र खुल्ला आकाशमा ताराहरू चमचमाइरहेका थिए । जुनको प्रकाशमा राकमको जिउलोमा पहेल्पुर भई लहलह झुलेका धानका बाला बयाली खेल्दै थिए ।

त्यो दिन सबैका घरमा साँझको खाना छिटै पाकेको थियो । राकमको जिउलाका नार्याहरूमा बसेकाहरू माथी गाउँका घरहरूमा सरी सकेका थिए । ज्योतिष गितानन्दका घरमा पनि साँझको भान्सा अरु दिनको भन्दा छिटै उम्कियो । भोजन पश्चात् ज्योतिष धुलौटो लिएर घरको ओटालामा बसे । उनका नगिचमा समय बोध गराउने पानीघडी राखियो । बुहारीले फारसी हुक्कामामा तमाखु तयार गरी ससुरा गीतानन्दका अगाडी राखी दिइन । नलीको सहायताले हुक्का गड्गडाउदै उनी धुलौटोमा रेखी हाल्दै थिए । हुक्का तान्दा उनको मुखबाट निस्केका धुँवाका गोला गोला गुडुल्काहरु घरको दलिनतिर उड्दै बिलिन हुँदै थिए । उनको घरको ओटाला र आँगनभरी मानिसहरूको भिड लागिसकेको थियो । जुनेली रातको सफा र खुल्ला आकाशमा ताराको चमचमाहटसँगै धेरै परपरसम्मकोे दृश्य देखिँदै थियो । यति सफा र कञ्चन आकाश भएको दिनमा रारा फुटेर राक्म डोल्दैन होला भन्ने सबैको मनमा थियो ।

तर यो भविष्यवाणी ज्योतिष गीतानन्दको थियो । उनले अहिलेसम्म गरेका भविष्यवाणी मिलेका थिए । त्यसैले सबैलाई उनले भनेको कुरामा विश्वास थियो । उनकी बुहारीले धेरै पटक चिलिम तयार पारी दिइन । हुक्काको पारो सेलाउनै पाएन । घडीमा धेरै पटक पानी थपी सकियो । ज्योतीषले एक हातले धुलौटोमा रेखा कोर्दै अर्को हातले नली समाउँदै हुक्का गुड्गुडाउदै रहे । कसैको आँखामा निद थिएन । सबैजना विस्मय र कौतुहलताको भुमरीमा अल्झिएका थिए ।

कर्णाली नदीले आज बितण्डा मच्चाउने भविष्यवाणी थियो ज्योतिष गितानन्दको । ज्योतीषको ओटालो र खलाभरी मानिसहरू एकापसमा कानेखुसी गरिरहेका थिए । यी सबैको केही पर्वाह थिएन ज्योतीष गीतानन्दलाई । उनी आफ्नै सुरमा थिए । उनी धेरै पटक घोरिए । उनले धुलौटोमा धेरै रेखा कोरे, धेरै रेखा फेरे तर कसैलाई केही भनेनन् । उनका अनुहारका भाव र भङ्गीमा छिनछिनमा तरङ्ग आइरहन्थ्यो । मुहारका मुजाहरूमा आउने बिचारका छालहरू उनका कानका लोतीसम्म फैलीने र खुम्चीरहने गरिरहन्थे तर पनि उनी निर्मग्न थिए । निर्मिमेष र स्थिर थिए ।

धेरै जनाले धेरै पटक निलो र उज्यालो आकाश टटोली सकेका थिए । चाँदनीको उज्यालोमा निला निला देखिएका सुदुर उत्तर तिरका गिरीका शिखरहरू (उच्च पहाडहरू) गजधुम्म बसेकै थिए । तिनका शिरमा मेघधारा बर्षाउने घनघटाका कतै सिर्का समेत थिएनन । यिनै गिरीराजका उत्तरमा राराको विशाल जलराशी बिराजमान थियो । यहीबाट निसृत हुने जलधारा उच्च पहाड छिचोल्दै बेंशी र फाँट डुल्दै कर्नाली (कर्णाली) को पहिचान लिएर राक्म (हाल को दैलेख जिल्लाको आठविस न.पा. को राकम फाँट) हुँदै दख्खिनतीर (दक्षिण) बगिरहेको थियो । हो यही कर्णाली नदीले आज बितण्डा मच्चाउने भविष्यवाणी थियो ज्योतिष गितानन्दको । ज्योतीषको ओटालो र खलाभरी मानिसहरू एकापसमा कानेखुसी गरिरहेका थिए । यी सबैको केही पर्वाह थिएन ज्योतीष गीतानन्दलाई । उनी आफ्नै सुरमा थिए । उनी धेरै पटक घोरिए । उनले धुलौटोमा धेरै रेखा कोरे, धेरै रेखा फेरे तर कसैलाई केही भनेनन् । उनका अनुहारका भाव र भङ्गीमा छिनछिनमा तरङ्ग आइरहन्थ्यो । मुहारका मुजाहरूमा आउने बिचारका छालहरू उनका कानका लोतीसम्म फैलीने र खुम्चीरहने गरिरहन्थे तर पनि उनी निर्मग्न थिए । निर्मिमेष र स्थिर थिए ।

एकाएक उनी चलमलाए । उनले घडीका रेखा गने । बाह्र घडी रात बिते छ । बुहारीलाई नजिकै बोलाए । यी बुहारी यिनकी निकै प्रिय थिइन । उनले बुहारीलाई अह्राए जाउ बाहिर गएर उत्तर पुर्वी दिशा नियालेर हेर । बुहारी बाहिर गइन । उत्तरपुर्व तर्फ नियालेर हेरिन । आकाश खुल्ला थियो । ताराहरू चमचमाइरहेका थिए । निला गिरीराजहरू गजधुम्म बसेकै थिए । तल राक्मको जिउलोमा लहलह झुलेका पँहेल्पुर धानका बाला बयाली खेल्दै थिए । कर्नाली आफ्नै लयमा सुसाउदै थियो । बुहारी बिस्तारै नगिचमा आइन । सुमधुर वाणीमा उनले आफूले देखेको बताइन । सबै कुरा साविक जस्तै छ । तत्काल कुनै बितण्डा र उल्का हुने छेकछन्द छैन भनि उनले ससुरालाई यथास्थितिको निष्कर्ष सुनाइन ।

ज्योतीषजीले बुहारीलाई फेरी भने धिरधैर्य बन्नु पर्दछ । कालका निमेष गन्नु पर्दछ । तिमी फेरी जाउ धिर भई नियालेर हेर । अब बेला भयो । बुहारी आँगनमा आइन । बंग्दाल्नाको (जुठेल्नो÷भाँडा माँझ्ने ठाँउ) अली अग्लो, ठुलो र चौडा सिलामा चढिन । डौठो (अनुहार नछोपीने गरी घुम्टो हाली पछाडीबाट शिरदेखी जीउसम्म ढाक्ने कपडा) ले छोपिएको शिरको अगाडी आँखा माथी हत्केला तेर्साउँदै उत्तरपुर्वी आकाश नियालिन । अहो ! क्षितिजबाट बादलका निख्खर सेता र चम्कीला दुई धर्सा बडो बेगका साथ माथि माथी उक्लिदै थिए । तिनको बेग गजबको थियो । चाल र लय अजवको थियो ।

उनी हतारीदै घरभित्र पसिन । अत्तालिदै बोलिन । उत्तर पुर्वबाट दुई धर्सा बादल माथीमाथी आकाशतिर बढ्दैछन । हो अव केही हुँदैछ । यस पछि ज्योतीषले सबैलाई हेर्दै स्पष्ट भने । अव बितण्डाको बेला भयो । ती सेता दुई धर्सा बादल छिटै घनघटामा बदलिने छन् । आकाश चर्किने छ । मेघ गर्जीने छ । हेर्दा हेर्दै तारा चमचमाइरहेको कात्तिक पुर्णीमाको उज्यालो आकाशमा कालो बादल मडारियो । धर्ति काँप्नेगरी बिजुली चम्कियो । एकाएक हावाहुरीको बितण्डा मच्चियो । घनघोर बर्षात शुरु भयो । मिठो सङ्गित सुसेल्ने कर्नालीमा गडगडाहट सुनियो । शान्त र शालिन पवनका लहरहरूमा बान्की मिलाउँदै बयालिने राक्म जिउलाका धानका बालाहरूमा सुसाहटको कोलाहल मच्चियो ।

रारा फुटेपछि आएको बाढीले राकमको जिउलो पुरै बगाई बालुवाको बगरमा परिणत गर्यो । राकमको फाँट पहिले त्यति फैलिएको थिएन । त्यही दिनको बाढीले कर्णाली वारीपारीको पहाड काटेर त्यो फाँट फराकिलो भएको हो भन्ने भनाई छ । राकमको सानो फाँटमा राराको बिशाल जलराशी नअटाएर त्यो बाढी लामीछानी र बेणुपाटाका गाउँहरूसम्म पुगेको थियो । त्यो उन्माद बाढी लामीछानी र बेणुपाटासम्म पुगेकाले नै अहिलेसम्म पनि ती गाउँका गह्राकान्लाहरूमा घटछालमा पाइने लोणा ढुङ्गाहरू (नदी किनारमा पाइने गोला बाटुला ढुङ्गा) पाइन्छन् ।

चमकन्न रातमा सुस्ताइरहेका पशु चौपायाहरू एकाएका छट्पटाउन थाले । कुकुरहरु कुर्लिन थाले । गाईबाच्छाहरू रम्माउन थाले । कर्नालीको बेग बढ्यो । आवेग थपियो । रारा भरिएछ त्यो फुट्यो । फुटे पछिको भल राक्ममा बिहानको तीन घडी रात बाँकी हुँदा पुगेको थियो । रारा फुटेपछि आएको बाढीले राकमको जिउलो पुरै बगाई बालुवाको बगरमा परिणत गर्यो । राकमको फाँट पहिले त्यति फैलिएको थिएन । त्यही दिनको बाढीले कर्णाली वारीपारीको पहाड काटेर त्यो फाँट फराकिलो भएको हो भन्ने भनाई छ । राकमको सानो फाँटमा राराको बिशाल जलराशी नअटाएर त्यो बाढी लामीछानी र बेणुपाटाका गाउँहरूसम्म पुगेको थियो । त्यो उन्माद बाढी लामीछानी र बेणुपाटासम्म पुगेकाले नै अहिलेसम्म पनि ती गाउँका गह्राकान्लाहरूमा घटछालमा पाइने लोणा ढुङ्गाहरू (नदी किनारमा पाइने गोला बाटुला ढुङ्गा) पाइन्छन् ।

(शाही कर्णालीको लोक संस्कृतिका विविध पाटासम्बन्धी अध्येता हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको