१ आश्विन २०७८, शुक्रबार

मध्यपश्चिम विश्वविद्यालयमा समावेशी शिक्षा विषय पठनपाठन हुने



९ भदौ, सुर्खेत l मध्यपश्चिम विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायले शिक्षाशास्त्र केन्द्रीय क्याम्पसमा आगामी शैक्षिकसत्रदेखि स्नातक तहमा विशेष आवश्यकता शिक्षा / समाबेशी शिक्षा विषयको अध्ययन अध्यापन गर्ने गरी कार्यक्रम अगाडी बढाएको छ l दिगो विकासको लक्ष्यको एक महत्त्वपूर्ण अवयवको रूपमा रहेको गुणस्तरीय समावेशी शिक्षालाई विश्वविद्यालयले आत्मसाथ गर्दै शिक्षाशास्त्र संकाय अन्तर्गत विशेष आवश्यकता भएका बालबालिका र शिक्षा प्राप्तिको अवसरबाट बन्चित रहेका लक्षित वर्गका विद्यार्थीहरूलाई पढाउन सक्ने जनशक्ति तयार गर्नका उक्त विषय बिएड तहमा एक मुख्य विषयको रुपमा रहने गरी पाठ्यक्रम निर्माणको प्रकिया सुरू हुन लागेको शिक्षाशास्त्र सङ्कायका निवर्तमान सहायक डीन एवं उपप्राध्यापक विष्णुकुमार खड्काले जानकारी दिए l

“विश्वविद्यालयको प्राज्ञिक परिषद र कार्यकारी परिषदबाट नीतिगत रूपमा प्रक्रिया अगाडी बढीसकेको र सो कार्यक्रमसँग सम्बन्धि सहयोग गर्ने उद्देश्यले चांगवांग  विश्वविद्यालय, कोरिया र ओस्लोमिट विश्वविद्यालय, नर्वेसँग आपसी समझदारीपत्रमा हस्ताक्षर गरी छात्रवृति, अध्ययन, अध्यापन र अनुसन्धानका कार्यमा सहयोग आदानप्रदानका विषयमा काम गर्ने गरी परियोजना अघि बढी सकेको छ” उनले भने, ” अब हामी पाठ्यक्रम निर्माणको प्रक्रिया अबिलम्ब अगाडी बढाउछौ र आगामी शैक्षिकसत्र देखि कार्यक्रम सुरुवात गर्छौ l”

आजै अस्लोमिट विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय वीच नेपालमा समाबेशी शिक्षा कार्यक्रम परियोजाको एक पार्टनर संस्थाको रूपमा आपसी समझदारी पत्रमा हस्ताक्षर गर्दै शिक्षाशास्त्र सङ्कायको समेत जिम्मेवारी प्राप्त गरेका मानविकी र सामजिकशास्त्र संकायका डीन सह-प्रा. डा. लिलाधर तिवारीले मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय संघ सस्था एवं युरोप, अमेरिका र एसियाका उत्कृष्ट विश्वविद्यालयहरूसँग समन्वय र सहकार्य गर्दै आजको युगमा उपयोगी र आवश्यक शैक्षिक कार्यक्रमहरू थप गर्ने र उच्च शिक्षाको गुणस्तर र विकासका लागि छात्रवृत्तिको अवसर सिर्जना गर्दै अनुसन्धान र पेशागत सक्षमता विकास गर्न सहकार्य आवश्यक रहेको बताए l

यस अघि कोरियाको चांगवांग विश्वविद्यालयसँग लुपिक परियोजनाको किक अफ बैठकलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले विश्वविद्यालयलाई नयाँ र समसामयिक विषयमा कार्यक्रमहरू अगाडी बढाउने र विश्वका विभिन्न विश्वविद्यालय र सहयोगी संघ सस्थाहरूसंगको सहयोग र सहकार्यबाट अध्ययन, अध्यापन र अनुसन्धानका गतिविधिहरूलाई व्यवस्थित र गुणस्तरीय बनाउन विश्वविद्यालय क्रियाशील रहेको बताए l

विशेष आवश्यकता शिक्षा/ समावेशी शिक्षा कार्यक्रमसँग सम्बन्धित नोराड परियोजनामा नर्वेका ओस्लोमिट विश्वविद्यालय र इनल्याण्ड भ्याली एप्लाइड साइन्स विश्वविद्यालय र नेपालका त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय पार्टनर संस्थाको रुपमा रहेका छन् भने लुपिक परियोजना अन्तरगत दक्षिण कोरियाको चांगवांग  विश्वविद्यालय र नेपालका सुदुरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वान्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय पार्टनर संस्थाको रुपमा रहेका छन् l


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको