५ कार्तिक २०७८, शुक्रबार

मल नल्याउने दुई कम्पनीलाई कालो सूचीमा राखिने : ठेक्का रद्द, १० करोड धरौटी जफत



२१ भाद्र, काठमाडौं । तोकिएको समयभित्र मल नल्याउने दुई कम्पनीलाई कारबाही गरिने भएको छ । कृषि सामग्री कम्पनीले एक विज्ञप्ति जारी गर्दै शैलुङ इन्टरप्राइजेज र होनीको मल्टिप्रपोज कम्पनिलाई कारबाही गर्ने निर्णय गरेको हो ।

ढिलोमा भाद्र २० गतेसम्म मल ल्याउने गरी कृषि सामग्री कम्पनीसँग ठेक्का सम्झौता गरेका दुबै कम्पनीले मल आपूर्ति गर्न नसक्दा देशभर मलको चरम अभाव देखिएको छ । मलको चरम अभावलाई परिपुर्ती गर्न गत साता प्रधानमन्त्री केपि शर्मा ओलीले बङ्गलादेशकी प्रधामन्त्री शेख हसिनसँग फोन बार्ता गरेका थिए । दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलबाट १५ दिनभित्र बङ्गलादेशबाट पैंचोका रूपमा ल्याउने सहमति भएको थियो ।

कृषकलाई अप्ठ्यारोमा पार्ने शारदाप्रसाद अधिकारीको शैलुङ र हुमनाथ कोइरालको होनीको मल्टिप्रपोजलाई कारबाही गर्ने निर्णय भएको कृषि सामग्री कम्पनिले जनाएको छ ।

तोकिएको समयमा २५–२५ हजार (५० हजार) मेट्रिक टन मल ल्याउने शर्तमा दुवै कम्पनीहरूले राखेको ५–५ करोड (१० करोड) धरौटी जफत गर्ने निर्णय गरिएको, सम्झौता रद्द गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘समयमा मल आपूर्ति नगर्दा भएको क्षतिपूर्ति भराउने र उक्त कम्पनीहरूलाई कालो सूचिमा राख्न प्रक्रिय अगाडी बढाइने छ ।’

मल आपूर्तिको समय सकिनु एक दिनअघि दुवै कम्पनीले ठेक्काको समयावधि थप गर्न कृषि सामग्री कम्पनीमा निवेदन पेश गरेका थिए । त्यसको ठिक बिपरित निर्णय गर्दै कृषि सामग्री कम्पनिले मल आपूर्तिको सम्पूर्ण प्रक्रिया रद्द गरिदिएको छ ।

मल आपूर्तीमा विगतदेखि नै चलखेल गर्न पल्केका यस्ता कम्पनीहरूलाई हालसम्म कुनैपनि कारबाही नभएको सन्दर्भमा कृषि सामग्री कम्पनिले ऐतिहासिक निर्णय गरेको छ ।

कृषि मन्त्री घनश्याम भुसालले गत साता नै तोकिएको समयमा मल आपूर्ति नगर्ने दुवै ठेकेदार कम्पनीहरूलाई कारबाही अगाडि बढाउन निर्देशन दिएका थिए ।

विज्ञप्ति :

यो पनि पनि पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको