३ कार्तिक २०७८, बुधबार

माधव कमरेडलाई छलेर वा थाह नदिएर १० बुँदे सहमति भयो भन्ने कुरा झुट होः योगेश भट्टराई



९ भदौं, काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले १० बुँदे सहमतिका विषयमा माधवकुमार नेपालसँग छलेर वा थाह नदिएर गरिएको भन्ने कुरा सरासर झुट भएको बताएका छन् । भट्टराईले हिजो भएको एमालेको स्थायी कमिटीको बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा यो कुरा बताएका हुन् । भट्टराईले अषाढ २७ गते १० बुँदे सहमतिको खाका राती १० बजे कार्यदलका संयोजक भिम रावलले आफ्नो मोवाइल ह्याण्डफ्रि गरेर माधव नेपाललाई सुनाएर सहमति लिएको समेत बताए ।

भट्टराईले १० बुँदे सहमतिको पृष्ठभूमिसहित भने, ‘वैशाख ८ गते माधव नेपाल र ओली कमरेडको बीचमा भेटघाट भयो । बैशाख २७ गते माधव कमरेडले अध्यक्ष कमरेडलाई पार्टी एकतासम्बन्धी ६ बुँदे एउटा पत्र पठाउनु भएको थियो ।’ पत्रमा माधव कमरेडले हस्ताक्षर नै गरेर पार्टीलाई २०७५ जेठ २ गतेका सम्पूर्ण पार्टी कमिटीहरूलाई पुनस्र्थापित गर्ने, नवौं राष्ट्रिय महाधिवेशनको विधि विधान र पद्धति अनुसार चल्नु पर्ने, पार्टी भित्र उत्पन्न अन्तरविरोधहरूको समिक्षा गर्दै उचित समयमा हल गर्नु पर्ने र उपयुक्त समयमा महाधिवेशन गर्नु पर्ने लगायतका ६ बुँदे प्रस्ताव पठाउनु भएको थियो ।’ यही पृष्ठभूमिमा पृष्ठभूमिका कार्यदल बनेर छलफल गरी १० बुँदे समहती गरेको भट्टराईले बताए ।

भट्टराईले पत्रकार सम्मेलनमा भने, ‘साउन २२ गते माधव नेपाल पक्षिय केन्द्रीय सदस्यहरूका बीचमा एउटा छलफल भएको थियो । त्यो छलफलको निष्कर्षमा अहिलेसम्म भएका १० बुँदेलगायतका सहमतिहरूले एकताको आधार निर्माण गरेका छन् । १० बुँदेलगायतका अन्य सहमतिहरूलाई कार्यान्वयन गर्दै एकताका थप आधारहरू तयार गर्ने कुराकानी र वार्ता निरन्तर भइरहेको छ । हामीले एकतावद्ध रूपमा अगाडि बढाउन सजगताका साथ अगाडि बढ्न आवश्यक छ । यस सम्बन्धमा थप निर्णय गर्ने जिम्मेवारी स्थायी समितिलाई दिइन्छ भनेर निर्णय गरिएको थियो ।’

उनले स्थायी कमिटी भनेका हामी १० जना पनि थियौं तर यो स्थायी कमिटीलाई कुनै जानकारी नभइकन, राय सल्लाह नलिइकन बैठकको २–३ दिनमा पार्टी अलग गर्न माधव नेपाललगायतका साथीहरू लागेको बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको