२ कार्तिक २०७८, मंगलवार

आफूलाई सर्वोच्चले हटाउने काम अलोकतान्त्रिक र प्रतिगमनकारी काम नै होः केपी ओली



९ भदौं, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सर्वोच्च अदालतले हटाउने काम अलोकतान्त्रिक र प्रतिगमनकारी भएको बताएका छन् । उनले ८ गतेको स्थायी कमिटीको बैठकका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमार्फत् जनादेशबाट निर्वाचित सरकारलाई विस्तापित गरेर प्रधानमन्त्रीको नियुक्त गर्ने कार्य अलोकतान्त्रिक र प्रतिगामी कदम भएको बताएका हुन् ।

ओलीले भनेका छन्, ‘उनले एउटा जनादेशबाट निर्वाचित सरकारलाई अन्य बाटाबाट संसदमा पनि जान नदिएर विस्तापित गरेर प्रधानमन्त्रीको नियुक्ति गर्ने जुन विश्वमा कहिँ नभएको, कहिल्यैं नभएको अलोकतान्त्रिक प्रक्रिया नेपालमा सुरु गरियो त्यो अग्रगमन हुनै सक्दैन, त्यो लोकतान्त्रिक हुनै सक्दैन त्यो प्रतिगामी कदम नै हो ।’

ओलीले नकेपा (एमाले)ले कारवाही गरेर भदौ १ गते सूचना जारी गरेको भएता पनि आज ९ गतेसम्म संसद सचिवालयलाई सूचना जारी गर्न सभामुखले नदिएको समेत बताएका छन् । उनले भनेका छन्, ‘सभामुखले रोकेर राख्नु भएको छ । यो खालका अपर्यादित, पदिय मर्यादा, पदिय आचरण विपरितका क्रियाकलाप लोकतान्त्रिक हुन्छन् ? अग्रगमन हुन्छन् ? यो लोकतन्त्रको हुर्मत लिने काम जुन भइरहेको छ अत्यन्तै अनुचित, अलोकतान्त्रिक, असंवैधानिक एवम् प्रतिगामी काम हो ।’

ओलीले माधवकुमार नेपाललाई देशमा संविधान मिच्ने प्रचलन, अस्वस्थ र फोहोरी राजनीति, किनबेचको राजनीति रिसोर्टमा लगेर ३ दिनदेखि मान्छे थुनेको समेत आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा उनले भने, ‘घरघरबाट मान्छे टिपेर रिसोर्टमा लिगेर, थुनेर अनि ती मान्छे रिसोर्ट पनि कहाँ यहाँ नजिकै ओल्तिरपल्तिर होइन उहाँ टाकुरामा लगेर ३ दिनेदेखि थुनेर त्यहाँबाट ढोक्सेमा हालेर, ढोक्सेमा हालेपछि माछा उम्किन पाउँदैन त्यो ढोक्से निर्वाचन आयोगमा ल्याएर घोप्ट्याउने ? यो काम के लोकतान्त्रिक हुन्छ ? वास्तवमा भन्ने हो भने यो बलजफ्ती, अपहरणकारी र ज्यादतीपूर्ण काम हो ।’ ओलीले नेपाललाई बलजफ्ती, अपहरणकारी र ज्यादतीपूर्ण काम गरेको समेत गम्भिर आरोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको