खनालले भारतको नयाँदिल्लीबाट नै गराए नयाँ पार्टीमा सनाखत
९ भदौ, काठमाडौंं । नेकपा एमाले विभाजन भएर बनेको नयाँ पार्टी दर्ताका लागि नेता झलनाथ खनालले भारतको नयाँदिल्लीबाटै सनाखत गरेका छन् ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता लागि निर्वाचन आयोगले बुधबार सनाखत गर्न बोलाएको थियो ।
नेता नेपाल पक्षीय अरू नेताहरू निर्वाचन आयोग पुगेर सनाखत गरे पनि नयाँदिल्लीमा उपचार गराइरहेका खनालले उतैबाट सनाखत गरेका हुन् ।
नेकपा एसमाजवादीका नेता जगन्नाथ खतिवडाले खनालको सनाखत दिल्लीबाट भएको जानकारी दिए ।