२ कार्तिक २०७८, मंगलवार

प्रदीप नेपाल एकिकृत समाजवादीमा खुलेँ




९ भदौ, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप नेपाल अन्ततः माधव कुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका छन् ।

आफू एमालेमै रहेको बताएका प्रदीप अन्ततः माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा खुलेका हुन् ।

प्रदीप नेपालले निर्वाचन आयोग पुगेर सनाखतका लागि निर्वाचन आयोगको पुस्तिकामा हस्ताक्षर गरेका छन् । पछिल्लो समय अस्वस्थ रहेका प्रदीप सनाखतका लागि बैशाखी टेकेर निर्वाचन आयोग पुगेका थिए । निर्वाचन आयोगमा माधव समूहले बुझाएको केन्द्रीय कमिटी सदस्यको सूचीमा नेपालको पनि नाम थियो । ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको