३१ आश्विन २०७८, आईतवार

झलनाथ खनालले १० स्थायी कमिटि सदस्यलाई भने– मध्यपन्थको आयु लामो हुँदैन




९ भदौ, काठमाडौं । एमाले वरिष्ठ नेता झलनाथ खनालले अमृत बोहरा, भीम रावलसहित १० स्थायी कमिटीका नेताहरूलाई ‘मध्यपन्थी अवसरवादी’को संज्ञा दिएका छन् । एमाले वरिष्ठ नेता झलनाथ खनालले माधव नेपालको अन्तिममा साथ छाडेर एमालेमै बसेका १० जना स्थायी कमिटिका सदस्यहरुलाई मध्यपन्थी अवसरवादीको संज्ञा दिएका हुन् ।

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै खनालले त्यस्तो संज्ञा दिएका हुन् ।

मध्यपन्थको आयु लामो नहुने भन्दै त्यसले चाँडै परिणाम देखाउने पनि खनालले दाबी गरेका छन् । ‘हाम्रो स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थले नराम्ररी अल्झायो । यो भनेको मध्यपन्थी अवसरवादको रूप हो । अन्ततः यसले दक्षिणपन्थलाई सघाउँछ । तर, मध्यपन्थको आयु लामो हुँदैन, यो अल्पायुको हुन्छ र चाँडै परिणाम देखाउँछ,’ खनालले भने ।

एमाले विभाजनलाई क्रान्तिकारी विद्रोहको संज्ञा दिँदै खनालले मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवादको युग सकिएको बताए । उनले जनवादी क्रान्ति सम्पन्न भएसँगै अबको कार्यभार समाजवाद रहेको दाबी पनि गरे । मिर्गौला प्रत्यारोपणका क्रममा खनाल दिल्लीमा उपचाररत छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको