२ कार्तिक २०७८, मंगलवार

निर्वाचन आयोग जाँदै माधव नेपाल र महन्थ ठाकुर




९ भदौ, काठमाडौं । दल दर्ता सनाखतका लागि प्रस्तावित दुई पार्टीका नेताहरू आज बुधबार निर्वाचन आयोग जाँदैछन् ।

नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा) पार्टीबाट अलग भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता सनाखतको प्रक्रिया सुरु हुन लागेको हो ।

यसअघि आयोगका हस्ताक्षर बुझाएका प्रस्तावित दुवै दलका नेताहरू सनाखतका लागि आज बिहान साढे ११ बजे आयोग जाँदैछन् । ‘बुधबार साढे ११ देखि दिउँसो २ बजेसम्म सनाखतको समयावधि तोकेका छौँ,’ आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमालाले भने ।

उनका अनुसार सनाखतका लागि सशरीर उपस्थित हुनुपर्नेछ । ‘सामान्य मान्यता सनाखत भनेको पहिलेको दस्तखत रुजु गर्ने हो,’ उनले भने, ‘दिल्लीमा रहनुभएका झलनाथ खनालका विषयमा आयोगले नै निर्णय गर्ला ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको