६ आश्विन २०८०, शनिबार

काठमाडौं उपत्यकामा १३८ सहित ४८४ जनामा कोरोना पुष्टि



२८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार देशभर भएका १० हजार ४ सय ८१ परिक्षणमा ४४८४ मा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंमा १०९, ललितपुरमा २१ र भक्तपुरमा ८ गरी काठमाडौं उपत्यकामा आज १३८ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १४५२ पुगेको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । कोरोना भाइरस निको भएर १६ हजार ७२८ जना घर फर्किदा ९२ जनाले ज्यान गुमाएका छन् । गत २४ घण्टामा ६४ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको