३१ आश्विन २०७८, आईतवार

अस्पतालको शैंयाबाट खनालद्वारा एकिकृत समाजवादीको बैठकलाई मार्मिक सम्वोधन



८ भदौं, काठमाडौं ।नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भइसकेपछि नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादको दलदलमा फस्न पुग्यो । सांगठनिक, राजनीतिक, वैचारिक सबै कामहरू ठप्प भए । करिब दुइतिहाई बहुमतको कम्युनिष्ट पार्टीसँग समाजवदमा पुग्ने प्रशस्त सम्भावना भएपनि केपीको कारणले समाप्त भएको छ ।

नेपालको २ ठुला कम्युनिस्ट पार्टीको बीचमा एकता गरिएको थियो त्यो पनि ओलीको कारण लथालिङ्ग भयो । त्यो केपीको दिक्षिणपन्थ अवसरवादी दृष्टिकोणले भएको हो । हामीले सरकारको नीति तथा कार्यक्रममा वैज्ञानिक समाजवादी नीति तय गरेर जान सक्थ्यौं तर त्यो पनि गर्न सकेनौं । ४० महिनासम्म केपि आफ्नै ढङ्गले अघि बढे । हाम्रो चुनावी घोषणपत्रमा समाजवादी कार्यक्रम भएपनि केपी ठिक उल्टो दिशातर्फ अघि बढे ।

नेकपा (एमाले)मा आएको विभाजन क्रान्ति हो । क्रान्तिले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर नभएर अझ बलियो र समृद्ध बनाँउछ । माक्र्सले पहिलो अन्तर्राष्ट्रिय बनाउनु भयो पछि त्यसमा दक्षिणपन्थ अवसरवाद हावी भएपछि त्यहाबाट माक्र्सले विद्रोह गर्नु भयो र दोस्रो अन्तर्राष्ट्रिय बनाउनु भयो । यसैगरि दोस्रो अन्तर्राष्ट्रियमा पनि लेनिनले विद्रोह गर्नु भयो र कम्युनिष्ट पार्टी अझ सशक्त रूपमा अगाडि बढाउनु भयो ।

पार्टीभित्र मध्यमार्गि दक्षिणपन्थ पनि हुन्छ । तर यसको आयू निकै छोटो हुन्छ । अल्पायु हुन्छ । यो अवसरवादको चरम नमुना पनि हो । हामी यो पार्टी कोअर्डिनेसन केन्द्र हुँदै माले, माक्र्सवादी हुँदै एमाले बनाँउदै आइरहेका छौं । अझै नेपालको कम्युनिस्ट आन्दोललाई एकीकृत बनाँउदै अघि बढ्नु पर्दछ र एकीकृत समाजवादी पार्टीले बृहत् कम्युनिस्ट पार्टीको नेतृत्व पनि गर्नु पर्दछ । कमरेडहरु, अब जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुसरण गर्न सक्दैन, अब हाम्रो प्रष्ट कार्यक्रम समाजवादमा रुपान्तरणको कार्यक्रम हो । हामीले युग अनुसारको बोली बोल्नुपर्छ । युग अनुसारको कार्यक्रम बनाउनुपर्छ । यो पार्टीको कार्यक्रम नीति दृष्टिकोण समाजवादउन्मुख हुनु पर्दछ ।

पार्टीको बिचार कार्यकर्ता र जनताहरूका बीचमा पुर्याउनको लागि नियमित रूपमा मुखपत्र निकाल्नु पर्दछ । सम्मानित सर्वोच्च अदालतको पछिल्लो फैसला सबैलाई पुग्ने गरी प्रकाशन गरेर कार्यकर्ताहरूका बीचमा पुर्याउनु पर्दछ । यसको पुनः उत्थानको जरूरी भएकोले नेपाल कम्युनिष्ट पार्टि (एकिकृत समाजवादी) निर्माण गर्नु पर्यो ।

अन्तमा सब‌लाई हार्दिक अभिवादन छ । बैठकको सफलताको शुभकामना छ । पार्टी अझ एकतावद्ध, अनुशासित र सामुहिक निर्णयको आधारमा अघि बढ्नु पर्दछ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी क्रान्तिकारी केन्द्रको रूपमा स्थापित गर्नु पर्दछ ।

कमरेडहरू हाम्रो सफलता सुनिश्चित छ । बिजय अवश्यभावी छ तर बाटो अप्ठ्यारो छ, भिरपाखा छ , तिखा काँडाहरू पनि छन् । तर हामी सबै भिरपाखामा जन्मिएका कमरेडहरू भएकाले यसलाई छिचोल्न सक्षम हुनेछौं भन्दै सबैलाई विजयीको शुभकामना व्यक्त गर्दछु । अन्तमा सबै कमरेडहरूमा क्रान्तिकारी अभिबादन ! !


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको