२ कार्तिक २०७८, मंगलवार

‘पत्रकार हुँ’ भन्दै ठगी गरेको आरोपमा सुर्खेतमा दुईजना पक्राउ




८ भदौ, सुर्खेत ।
पत्रकारको नाममा ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ‘पत्रकार हुँ’ भन्दै ठगी गरेको आरोपमा दुई जना व्यक्तिलाई पक्राउ गरेको हो ।

आफ्नो कम्पनीमा सेयर खुलेको पत्रकार हुँ भन्दै गठी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्ती बताए । ‘पक्राउ पर्नेमा धर्मेन्द्र शाही र राजेन्द्र विक रहेका छन् ।’ उनले भने,‘एक टेलिभिजनको सुर्खेत संवाददाता हो भनेर उनीहरुले परिचय दिएको खुलेको छ ।’

ठगी मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी घर्तीले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको