२ कार्तिक २०७८, मंगलवार

माधवकुमार नेपाललाई नलिइ हामी एकतामा जाँदैनौंः अष्टलक्ष्मी शाक्य



८ भदौं, काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष एवम् बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई नलिइकन पार्टी एकतामा नजाने बताएकी छन् । आफूहरूले नेता नेपाललाई यी–यी शर्तहरू पुरा भएमा एकतामा आउने भन्ने खालको आपसी सहमति भएको समेत खुसाला गरेकी छन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’मा मुख्यमन्त्री शाक्यले भनिन्, ‘अहिले माधव नेपाल समुह र केपी ओली नेतृत्वको एमाले बीच दुइटा पार्टी जस्तै नभएतापनि व्यापक असमझदारीको कुरा त देखिएकै छ । फेरि माधव कमरेड वरिष्ठ नेता र पहिला लामो समय महासचिव भएर पार्टीको नेतृत्व गरिसक्नु भएकाले दुई समुह मिल्नका लागि माधव कमरेडलाई पनि सम्मान सहितको अध्यक्ष पदमा राख्नु पर्दछ भन्ने हाम्रो कुरा हो ।’ उनले एकता विना कसैको पनि भविष्य नरहेको समेत बताइन ।

मुख्यमन्त्री शाक्यले प्रधामन्त्री कालमा केपी शर्मा ओलीको कार्यकाल सफल भएन्, भ्रष्टाचार बढ्यो, सुशासन भएन र उहाँमा निरंकुश प्रवृत्ति थियो भन्ने कुरा अहिले पनि आफू एकदमै प्रष्ट रहेको बताइन । ओलीका कारण धेरै विग्रिसकेको बदलाव ल्याउनका लागि धेरै मिहेनत गर्नु पर्ने समेत उनको धारणा छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको