३१ आश्विन २०७८, आईतवार

केपी ओली जालझेल, तिकडम र षड्यन्त्र गर्न सबैभन्दा कुशल व्यक्ति हुन्ः वामदेव गौतम



७ भदौं, काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली अहिलेको नेपाली समाजमा जालझेल, तिकडम र षड्यन्त्र गर्न सबैभन्दा कुशल व्यक्ति भएको बताएका छन् । यस्तो विचार बोक्ने मानिस केहि समयका लागि सफल जस्तो देखिएता पनि अन्ततः जुनसुकै ठाउँमा असफल मात्र हुने समेत बताए । ओली सरकार र पार्टी चलाउन पूर्ण रुपमा असफ भएको समेत गौतमले तर्क गरेका छन् ।

प्राइम टाइम टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा गौतमले भने, ‘जवसम्म ओलीले व्यक्तिवादी कार्यशैली अवलम्वन गर्नुहुन्छ, उहाँले आफ्ना अगाडि पछाडि लाग्ने सुण्डमुसुण्ड तयार गर्नु पर्दछ अरु कुनै उपाय छैन् । उनीहरूले भन्छन् राष्ट्रपतिका विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरे भने देशव्यापी आगो लगाएर यो देशलाई खरानी बनाई दिन्छौं । त्यो त संवैधानिक, कानुनी र संसदिय अधिकार हो नि ! उहाँ आई लभ केपी बा भन्दा खुशीले गदगद भएर बस्नुहुन्छ । हामी भए कि त्यस्तो भन्नेलाई चुप लगाइन्थ्यो कि सभा छोडेर हिड्थ्यौं ।’

नेता गौतमले आफूले नेकपा (एमाले) छोडेर माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा लाग्ने घोषणा गरेको समेत बताए । उनले भने, ‘माधव नेपालजीले पार्टी वैधानिक रूपमा गठन गरेपछि एमालेमा म भएका सबै पदहरूबाट राजीनामा दिन्छु । त्यसपछि म माधवजीको पार्टीमा प्रवेश गर्छु । हाम्रो अभियानसँग जोडिएका सबै साथीहरू पनि प्रवेश गर्नुहुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको