३ कार्तिक २०७८, बुधबार

१० बुँदे कार्यान्वयन गर्ने ओली र तेस्रोधार नेताहरुबीच सैद्धान्तिक सहमति




७ भदौ, काठमाडौं । १० बुँदे कार्यान्वयन गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तेस्रोधार नेताहरुबीच सैद्धान्तिक सहमति
भएको छ । ओलीको निवास बालकोटमा भएको छलफलमा २७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति जुटेको हो ।

सहमतिअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ । भोली बस्ने स्थायी कमिटीमा उक्त प्रस्ताव पेश हुनेछ । पार्टी एकता हुन्छ कि हुन्न भन्ने विषय उक्त प्रस्तावमा भर पर्ने बालकोटमा भएको छलफलमा सहभागी एक नेताको भनाई छ ।

माधवकुमार नेपाल समूहको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए । अन्टिमेटमको अन्तिम दिन सोमबार एकता पक्षधर नेताहरुले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको