२ कार्तिक २०७८, मंगलवार

प्रदेश नं. १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको बलियो सम्भावना



७ भदौं, काठमाडौं । प्रदेश १ मा प्रस्तावित नेकपा (एकिकृत समाजवादी) का नेता राजेन्द्रकुमार राईले मुख्यमन्त्री पाउने बलियो सम्भावना देखिएको छ । माधवकुमार नेपालको समुहले आफूसँग १५ जना सांसद रहेको र यो संख्या बढेर १८ पुग्ने दाबी गरेको छ । प्रदेशको विपक्षी गठबन्धनले भने प्रस्तावित एकिकृत समाजवादी पार्टीका नेता राईलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी गरिरहेको छ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीद्वारा मख्यमन्त्रीको आश्वासन पाएका एमाले पार्टी सचिव भिम आचार्यले नेपाल पक्षको समर्थन बेगर सरकार बनाउन असम्भव हुने भएपछि नेपालसँग सहयोगका लागि याचना गरेका थिए । आचार्य मुख्यमन्त्रीका लागि आफूलाई सहयोग माग्न नेपाललाई भेट्न कोटेश्वरस्थित उनको निवास पुगेका थिए।

स्रोतका अनुसार भेट्न गएका आचार्यलाई नेता नेपालले सुरूमै भेट्न आउनुको कारण के हो भनि ठाडो रूपमै सोधेका थिए। जवाफमा आचार्यले केही भूमिका बाँध्दै भने, ‘मेरो नेता हिजो पनि तपाईं हो, आज पनि तपाईं हो’ भनेपछि नेपाल बम्किएका थिए । नेपालले कडा रूपमा भने, ‘आज नभन्नुहोस्, आजदेखि उताको हो भन्ने हो भने तपाईँको व्यवहार हेरेर विचार गरौंला । यसबीचमा तपाईंले कहाँ–कहाँ मेराविरूद्ध के–कति गतिविधि गर्नुभयो, म सबै जानकार छु।’

नेपालले दल विभाजन प्रक्रिया सुरू गरेपछि पनि आचार्य नेपालप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै आएका थिए। उनले केहि समय अगाडि माधव नेपालसँग १० प्रतिशत मान्छे पनि नजाने बताएका थिए ।

माधवकुमार नेपाललाई विद्यार्थीकालदेखि पछिल्लो पटक ओलीको असंवैधानिक कदम विरुद्धको आन्दोलनमा दह्रो गरी साथ दिएका नेता राजेन्द्र राईलाई भावी मुख्यमन्त्रीका रूपमा धेरैले आँकलन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको