२ कार्तिक २०७८, मंगलवार

कम्युनिष्टहरु बीच एकता र ध्रुवीकरण गर्ने माओवादी केन्द्रको निर्णय




६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको छ ।

स्थायी कमिटी बैठकले पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरु तोकेको छ । हिजो र आज दुई दिन चलेको स्थायी समिति बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘बैठकबाट जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ,’ बैठकका निर्णय जानकारी गराउँदै श्रेष्ठले भने, ‘सबै केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने काम भएका छन् ।’

उनले केन्द्रीय कमिटीले स्थायी समितिलाई दिएको जिम्मेवारी र निर्देशनअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय भएको बताए । केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी पनि श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको