१४ जेष्ठ २०८०, आईतवार

आइतबार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ को मृत्यु



२१ भाद्र, काठमाडौं । गएको २४ घण्टाभित्र मुलुकभर ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर विभिन्न प्रयोगशालमा भएको परिक्षणमा उल्लिखित संख्यामा सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

आइतबार थपिएकासहित हालसम्म सङ्क्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ । त्यस्तै देशका विभिन्न अस्पतालमा उपचाररत १८ सय १४ जना कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ ।

आज देशभर ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो संख्यासहित मृतकको संख्या २ सय ८९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार ३ सय ८२ जनाको पिसिआर परिक्षण भएको छ । यो संख्यासहित ७ लाख ६८ हजार ३ सय ४५ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको