२ कार्तिक २०७८, मंगलवार

माधव नेपालले ६ मन्त्री पाउने गरि सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँटको टुंगो लाग्यो




६ भदौ, काठमाडौं । एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना मन्त्री पाउने गरि सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँटको टुंगो लागेको छ । प्रधानमन्त्री शेरबहादर देउवा नेतृत्वको गठबन्धन सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको हो ।

एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना मन्त्री पाउने गरि सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट टुंगो लागेको स्रोतले जानकारी दिएको छ । नेपाल पक्षले सरकारमा माओवादी बराबरकै हैसियतमा सहभागिता हुने भएको छ ।

नेपाल पक्षले ५ मन्त्रालयसहित एकजना राज्यमन्त्री सो पार्टीले पाउने भएको स्रोतको जानकारी दियो ।

नेपाललाई साथ दिएका लगभग सबै सांसदलाई सरकार पूरा अवधि चल्दा पालो गरेर मन्त्री बनाउने अनौपचारिक समझदारी बनेको छ ।

माधव नेपालको पार्टीले उपसभामुख पनि पाउन सक्ने सम्भावना छ । यद्यपि उपसभामुख, संसदीय समितिका सभापति र अन्य राजनीतिक नियुक्तिको बारेमा टुंगो लाग्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको