२ कार्तिक २०७८, मंगलवार

विकास के होइन ?


हरि उपाध्याय
६ भाद्र २०७८, आईतवार

धेरै ठाउँमा विकास के हो भनेर सोध्दा या छलफल चलाउँदा अधिकाँश आउने उत्तर हुन चिल्ला सडक, महँगा गाडीको सविधा, ठुला ठुला भवन भएका अस्पताल, विद्यालय, अग्ला अग्ला घर, अङ्ग्रेजी बोल्न जान्ने मानिस, ल्यापटप बोकेर गरिने जागिर भएको, अग्ला भ्यु टावर, फ्लिम हल भएको आदि आदि…. । आजको समयमा नेतृत्व वर्गले भनेर या गरेर सिकाएको विकासको परिभाषा यही हो । विद्यालय, घर या अन्य अनौपचारिक संरचनाहरूमा सिकाइने या प्रेरित गरिने विकासका सुचकहरू यीनै हुन् । यीनी सबै विकासको प्रमुख आधार आर्थिक स्रोत हो । सोही अनुरूप आज हरेक व्यक्ती उक्त आर्थिक स्रोत व्यवस्थापनका लागि भौतारिरहेको पाइन्छ । एक जना सामान्य ग्रामीण भेगमा घर भएको व्यक्ति हरहालमा सहरमा घर बनाउन चाहन्छ, छोराछोरीलाइ राम्रो निजी विद्यालयमा पढाउन चाहन्छ र त्यसका लागि कुनै पनि हालतमा पैसा संकलन गर्नु उसको जीवनको प्रमुख उद्देश्य हुन्छ र त्यसैका लागी दौडदुप गरिरहन्छ । सामान्य मेहनेतले उद्देश्य पुरा हुने नदेखे पछि उसले छोटो बाटोबाट भए पनि उद्देश्य पुरा गर्ने अठोट लिन्छ र उसको त्यो कुरामा परिवारको पनि प्रत्यक्ष अप्रत्यक्ष सहमती रहेको हुन्छ । त्यही ग्रामीण भेगमा नेतृत्व तहमा रहेको मानिसहरू (जनप्रतीनिधी, कर्मचारी, शिक्षक, सामाजिक या राजनीतिक कार्यकर्ता) का भने २ वटा उद्देश्य हुन्छन्, पहिलो, आफ्नो परिवारका लागि पर्याप्त विकासका सबै सुचकाङ्क पुरा हुने गरी व्यवस्थापन गर्ने र दोस्रो, त्यो ग्रामीण भेगलाई पनि माथि उल्लेखित सुचक अनुसारका विकास गर्न पहल गर्ने । सहरी क्षेत्रमा छुट्टै अवधारणा हुने होइन तर ती सुचक मापन गर्ने स्तर अली फरक र उच्च हुने गर्दछ । टायल सहितको घर, ब्रान्डेड गाडी, ब्रान्डेड फोन र समय अनुसार तीनीहरूको परिवर्तन, राम्रो बैंक व्यालेन्स, धेरै ठाउँमा जग्गा, छोराछोरीलाई चाहेको विषय चाहेको ठाउँमा पढ्ने अवसर, स्टार तहका होटल, महँगो होटल या पाटी प्यालेस मा भोजहरू आदि ।

यहाँ राजनीति, शिक्षा, राष्ट्र सेवा, नागरिक समाज, धर्म लगायतका हरेक क्षेत्रमा आर्थीक स्रोत सङ्कलनले प्राथमिकता पाएको देखीन्छ र त्यसको कारण हो त्यही विकास प्रतीको अवधारणा । मन्त्रीदेखि सचिवसम्म, शिक्षकदेखि गुरूसम्म, नागरिकदेखि अभियन्तासम्म सबैमा यही अवधारणा हावी भएको पाइन्छ । व्यक्तिगत पारीवारीक विकास र पेशागत विकास दूबैका लागि पुँजी प्रमुख कुरा हो । आर्थिक स्रोत सङ्कलन आफैमा नराम्रो होइन तर पुँजी सङ्कलन मात्रले प्राथमिकता पाउँदा अन्य कुराहरू ओझेलमा परेको र आधारभूत उद्देश्यहरू पनि विकेन्द्रित हुने देखिन्छ ।

सायद यो माथी उल्लेखित सबै क्षेत्रमा धेरै प्रयोग हुने शब्द हो विकास तर यसको आधारभुत अवधारणामा र परिणाममा भने कहि छलफल भएको पाइदैन तर परिणाम प्रतीको असन्तुष्टि भने जहाँतही व्याप्त छ ।

सामान्यतया विकास भन्नाले क्रमशः बढ्दै वा सुध्रिदै गएको स्थिती अर्थात् क्रमिक सुधारको अवस्थालार्इ बुझाउँछ । अमेरिकी राष्ट्रपति ह्यारि ट्रुम्यानले सन् १९४८ मा विकास शब्दको प्रयोग गरे पछि यो शब्दको आधिकारिक प्रयोग हुन थालेको देखिन्छ । यूएनडिपीका अनुसार ‘समग्रमा विकास एक त्यस्तो सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक प्रकृया हो जसले सम्पूर्ण समुदाय र व्यक्तिको सक्रिय, स्वतन्त्र र अर्थपूर्ण सहभागिताबाट निरन्तर रूपमा जीविकोपार्जनमा सुधार गर्न प्रेरित गर्दै र सहभागिताले ल्याएका उपलब्धीहरूको न्यायोचित वितरण प्रक्रियालाई सुनिश्चित गर्दछ ।’ विश्व बैंकका अनुसार विकास भनेको एउटा त्यस्तो सामाजीक परिवर्तन हो जसले मानिसलाई आफ्नो क्षमता अनुसारको उपलब्धि प्राप्त गर्न उत्प्रेरित गर्दछ । त्यस्तै संयुक्त रास्ट्र संघका अनुसार बिकास एउटा बहु आयामिक प्रक्रिया हो जसले सम्पुण मानवलार्इ गुणस्तरिय जीवन यापनाका लागि सहयोग गर्दछ ।

त्यसैगरी हाम्रो पुर्विय दर्शनको अवधारणा अनुसार विकास भन्नाले मानव शरीरमा अवस्थित ज्ञानेन्द्रियहरू, मन, विवेकहरूको उचित प्रयोग गरी आत्म तत्वको पहिचान गरी समस्त व्रम्हाण्डको रक्षा गर्दै कुशल रूपमा मानविय धर्म धारणको अवस्था नै विकासको रूपमा परिभाषीत गरिएको छ । यसरी हेर्दा विश्व परिवेश र इतिहासले परिभषित विकास र हाल प्राथमीकतामा रहेको विकासको बुझाइ र गराइमा अन्तरभेद रहेको देखिन्छ । फलस्वरूप विकासले प्रक्रियाले बिनास रूप पनि लिने गरेको पाइन्छ । उक्त विनासलाई रोक्नका लागि हामीलाई विकास के मात्र होइन बुझ्न र बुझाउन अति आवश्यक छ ।

विकास के होइन ?

गाउँ खाली गरेर बजार तिर बस्ती सार्नु के बिकास हो ? स्थानीय उत्पादनलाई अपहेलना र उपेक्षा गरी बाह्य वस्तुको उपभोगमा जोड दिनु के बिकास हो ? स्थानीय रहनसहन, चालचलन, संस्कारलाई अपहेलना गरी वाह्य संस्कारलाई अपनाउनु मात्र के विकास हो ? नेपाली भाषा बोल्न लेख्न नजानी अङ्ग्रेजी या अन्य भाषामात्र बोल्नु लेख्नु के बिकास हो ? भौगोलिक अवस्था, स्थानीय परिवेश र आवश्यकतालाई ध्यान नदिइ मनोमानी तरिकाले रोड लगायत अन्य कंक्रीट संरचनाहरूलाई मात्र प्राथमिकता दिनु के विकास हो ?

गाउँ खाली गरेर बजार तिर बस्ती सार्नु के बिकास हो ? स्थानीय उत्पादनलाई अपहेलना र उपेक्षा गरी बाह्य वस्तुको उपभोगमा जोड दिनु के बिकास हो ? स्थानीय रहनसहन, चालचलन, संस्कारलाई अपहेलना गरी वाह्य संस्कारलाई अपनाउनु मात्र के विकास हो ? नेपाली भाषा बोल्न लेख्न नजानी अङ्ग्रेजी या अन्य भाषामात्र बोल्नु लेख्नु के बिकास हो ? भौगोलिक अवस्था, स्थानीय परिवेश र आवश्यकतालाई ध्यान नदिइ मनोमानी तरिकाले रोड लगायत अन्य कंक्रीट संरचनाहरूलाई मात्र प्राथमिकता दिनु के विकास हो ? निजी तथा महँगा विद्यालय, अस्पताल आदिबाट मात्र सेवा लिनु के विकास हो ? सीमेन्ट, टायल्स, एसी जस्ता वस्तुहरूको पर्याप्त प्रयोग भइ घर बनाउनु मात्र के विकास हो ? छिटो र सरल तरिकाले पैसा कमाउने उद्देश्यले जग्गा, घर, पैसा, सामान आदिको अनधीकृत दलालीमा मानिसको सक्रियता बढ्नु के विकास हो ? अग्ला पहाड, हरिया वन, समथर खेत आदिलाई मासेर विभीन्न सिमेन्टजन्य प्रयोग गरेका संरचना बनाउनु के विकास हो ? जसरि हुन्छ ऋण गरेर भएपनि सहरमा सुविधा सम्पन्न घर चाहियो, छोराछोरी महँगा र निजी विद्यालयमा नै भर्ना हुनु पर्यो र ठुलो भएपछि विदेश जाने होउन जस्ता आम मानसिकता हावि हुनु के विकास हो ?

मेरो बिचारमा होइन, कदापी होइन, बरू यी सबै कुराहरूको अव्यवस्थित परिणामले विकास भन्दा धेरै विनासलाई निम्त्याउदछ, निम्त्याइरहेको छ ।

त्यसो भए के हो त विकास?

सबैभन्दा पहिले यो बुझ्न जरूरी छ कि विकास मानिसको जिवनलाई सरल, सहज र थप सुविधायुक्त बनाउनका लागि आवश्यक छ तर जीवन विकासकै लागि भने होइन । जीवन सञ्चालनका लागि प्राकृतिक रूपमै प्रकृतीद्वारा प्रदत्त चक्रले काम गरिरहेकै हुन्छ । तर हामीले क्षणिक सुविधालाई मात्र ध्यानमा राखेर वा अरूको देखासिकीबाट मात्र विकासलाई आत्मसात गर्न थाल्यौं भने विकास बिनासको कारण बन्न सक्दछ । हाम्रो परिवेश, आवश्यकता र स्रोत साधनका आधारमा विकास कसरी हुन सक्छ ? यो विषयमा आम रूपमा छलफल, विमर्श र सचेतीकरणद्वारा साझा बुझाई कायम गरी व्यवहारमा लागु गर्न अति आवश्यक छ ।

सबैभन्दा पहिले यो बुझ्न जरूरी छ कि विकास मानिसको जिवनलाई सरल, सहज र थप सुविधायुक्त बनाउनका लागि आवश्यक छ तर जीवन विकासकै लागि भने होइन । जीवन सञ्चालनका लागि प्राकृतिक रूपमै प्रकृतीद्वारा प्रदत्त चक्रले काम गरिरहेकै हुन्छ । तर हामीले क्षणिक सुविधालाई मात्र ध्यानमा राखेर वा अरूको देखासिकीबाट मात्र विकासलाई आत्मसात गर्न थाल्यौं भने विकास बिनासको कारण बन्न सक्दछ । उदाहरणको लागि विजुली नहुँदा पनि हाम्रो जीवन चलिरहेकै थियो तर विजुलीको सहायताले जुन काम जसरी सहज, सरल र छरितो तरिकाले सम्पन्न गर्न सक्छौं त्यो अतुलनिय छ । तर साथसाथै यदि हाम्रा हरेक दैनिक जीवनयापनलाई हामीले बिजुलीसँग निर्भर गर्ने खालको संरचना बनाउँदा कथमकदाचित केहि दिनका लागी बिजुली अवरूद्ध हुदा सम्पुर्ण जीवन नै संकटमा पर्न जान्छ । त्यस्तै अर्को जल्दोबल्दो उदाहरण लिऊ, कोरोना संक्रमणका कारण धेरै आतंकित त्यो सहर र देश भय जुन विकासको सुचकांकमा अग्रस्थानमा थिए । नेपालको हुम्ला र मनाङ जिल्लामा धेरै समयसम्म मानीसलाई यसको सामान्य असरले समेत छोएन । त्यसैले हामीले विकासको वास्तविक अर्थलाई आत्मसात् गर्न नसक्दा यसले विश्वलाई विनास तर्फ धकेलिरहेको धेरै दृष्टान्तहरू हाम्रा सामु छन् । हाम्रो परिवेश, आवश्यकता र स्रोत साधनका आधारमा विकास कसरी हुन सक्छ ? यो विषयमा आम रूपमा छलफल, विमर्श र सचेतीकरणद्वारा साझा बुझाई कायम गरी व्यवहारमा लागु गर्न अति आवश्यक छ ।

स्टिफन हकिन्सले भनेर गए, ‘यहि हिसाबले मानवले प्राकृतिक दोहन गर्दै गयो भने अबको ३०० बर्षमा विनास सुरू हुन्छ र १००० वर्षमा मानव समुदायको अन्त्य हुन्छ र त्यो विनासको सुरूवात त्यहिबाट हुनेछ ।’ तसर्थ विकासको बुझाइलाई सुधार गरी विकासको प्रक्रियामा नै आमुल परिवर्तन आजको आवश्यकता हो ।

नेपाल प्राकृतीक सम्पदा, आध्यात्मिक इतिहास, भौगोलीक विशिष्टता, सांस्कृतीक विविधता र सामाजिक परिवेश जस्ता कुराले धनि देश हो यसको कुशल पहिचान, संरक्षण र प्रवद्र्धन नै नेपालको विकासको परिभाषा हो । हाम्रा हिमाल चढ्न र हेर्न मरिमेट्ने विश्वभरका मानव जातीका लागि सहज र सुलभ वातावरण तयार गर्नु विकास हो । स्टिफन हकिन्सले भनेर गए, ‘यहि हिसाबले मानवले प्राकृतिक दोहन गर्दै गयो भने अबको ३०० बर्षमा विनास सुरू हुन्छ र १००० वर्षमा मानव समुदायको अन्त्य हुन्छ र त्यो विनासको सुरूवात त्यहिबाट हुनेछ ।’ तसर्थ विकासको बुझाइलाई सुधार गरी विकासको प्रक्रियामा नै आमुल परिवर्तन आजको आवश्यकता हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको