५ कार्तिक २०७८, शुक्रबार

क्रियाशील सदस्यता सार्वजनिक नगरी महाधिवेशनको तयारीमा कांग्रेस




६ भदौ, काठमाडौं । भाद्र १८ गतेदेखि तल्लो तहको अधिवेशन शुरू गर्न लागेको नेपाली कांग्रेसले क्रियाशील सदस्यहरूको विवरण सार्वजनिक नगरीकनै जिल्लामा पठाउने तयारी गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार प्रत्येक जिल्लामा दुई÷तीन दिनभित्रै निर्वाचनसम्बन्धी सबै कागजपत्रका साथ क्रियाशील सदस्यहरूको विवरण पनि पु¥याउने तयारी भइरहेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार अधिवेशनका लागि सबै जिल्लामा निर्वाचन अधिकृतको छनोट पनि भइसकेकोे विषयमा आजको नेपाल समाचारपत्र दैनिकमा खबर प्रकाशित छ ।

यसअघि बसेको केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गरेको प्रतिवेदन पारित गरी उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा। मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकले भाद्र २ गतेभित्र सहमतिबाट टुंगो लगाई भाद्र ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको थियो ।

क्रियाशील सदस्यताबारे चर्को विवाद उत्पन्न भएपछि यसअघि भदौ १६–१९ सम्म तय गरिएको १४औं महाधिवेशन प्रभावित भएको थियो ।

क्रियाशील सदस्यताबारे नेताहरूबीच सहमति भइसकेकाले क्रियाशील सदस्यताको विवरण अब जति सक्दो छिटो जिल्ला पु¥याउने तयारी भएको जानकारी दिँदै मुख्यसचिव पौडेलले निर्वाचन निर्देशका पनि छपाइको लागि प्रेसमा गएको बताए ।

निर्वाचन निर्देशिकाबारेको विवाद पनि निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा। प्रकाशशरण महत र केन्द्रीय सदस्य डा। मीनेन्द्र रिजालले भाद्र १ गते सहमतिमै टुंगो लगाएका थिए ।

उक्त निर्देशिका भाद्र २ गतेभित्र सभापतिलाई बुझाउने गरी केन्द्रीय बैठकबाट पारित भएको थियो ।

मंसिर ९ गतेदेखि १३ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको नेपाली कांग्रेसले तल्लो तहको अधिवेशन भदौ १८ देखि कात्तिक १२ गतेसम्ममा सम्पन्न गर्ने जनाएको छ ।

जसअनुसार भदौ १८ मा वडा अधिवेशन, भदौ २७ मा गाउँ÷नगर अधिवेशन, असोज १ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन गरिनेछ ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते र एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते सम्पन्न गर्ने र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म गर्ने कांग्रेसको कार्यतालिका रहेको छ ।

केन्द्रीय महाधिवेशनका लागि कांग्रेसले भृकुटीमण्डप र राष्ट्रिय सभागृह बुकिङ गरिसकेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलका अनुसार महाधिवेशनको उद्घाटनलगायतका लागि भृकुटीमण्डप र निर्वाचन प्रक्रियाका लागि राष्ट्रिय सभागृह बुकिङ भइसकेको छ ।

तर अर्कोतिर, सदस्यता विवरण सार्वजनिक नगरे आन्दोलनको चेतावनी दिइएको छ । कांग्रेसका जिल्ला सभापतिहरूले केन्द्रीय नेतृत्वलाई दुई दिनभित्र क्रियाशील सदस्यताको विवरण सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

क्रियाशील सदस्यताको पारदर्शिताबारे आम चासो भएको भन्दै जिल्ला सभापतिहरूले शनिबार साँझ प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अबिलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गरिएको काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको