२ कार्तिक २०७८, मंगलवार

दैलेखका दुई गाउँपालिका अध्यक्ष, चार स्थानीय तहका उपाध्यक्ष नेपाल पक्षमा खुले



भदौ, सुर्खेत । दैलेख दुई गाउँपालिकाका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन् । आज शनिबार नेकपा (एकीकृत समाजवादी) पार्टी आयोजना गरेको जिल्लामा भेलामा दुई गाउँपालिका अध्यक्ष ४ वटा स्थानीय तहका उपाध्यक्ष सहभागी भएका हुन् ।

दैलेख भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही भेलामा सहभागी भएको एक सहभागी बताए ।

त्यस्तै, महावु गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी बुढा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही र ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह उक्त भेलामा सहभागी भएका थिए ।

भेलालाई कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापाले सम्बोधन गरेका थिए ।

विगतका कारवाहीको डरका कारणले एमालेमा मौन बसेका जनप्रतिनीधिहरु अहिले आफ्नो पक्षमा खुल्न थालेको कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापाले बताए । ‘ओलीको एमालेमा के एजेण्डाका आधार लाग्छन् ।’ उनले भने,‘दैलेखका प्रायः सबै जनप्रनिनीधि हाम्रो पक्षमा लाग्छ्न् ।’

May be an image of 2 people, people standing and indoor

प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको