३१ आश्विन २०७८, आईतवार

अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने बित्तिकै पार्टी एकता हुन्छ: अष्टलक्ष्मी शाक्य



४ भदौ, काठमाडौं । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयनमा ल्याउने प्रतिवद्धता गर्ने बित्तिकै एमाले एकजुट भएर अघि बढ्ने बताएकी छन् ।

आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्दै मुख्यमन्त्री शाक्यले र्पीर्टी एकतालाई कमजोर पार्ने खालका गतिविधि कसैले पनि नगर्न आग्रह गरेकी छन् ।

नेकपा एमाले रामेछाप(काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको बताइन् । बाहिरबाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि शाक्यले आग्रह गरेकी छन् ।

उनले निवर्तमान मुख्यमन्त्री डोरमडी पौडेलसँगको सल्लाह र परामर्शमा प्रदेश सरकारको काम अघि बढाउने प्रतिवद्धता समेत व्यक्ति गरिन् । ‘निवर्तमान मुख्यमन्त्री र निवर्तमान मन्त्रीहरूको परामर्शको आधारमा अघि बढ्दा नै प्रदेश सरकारले राम्रो काम गर्न सक्छ ।’ शाक्यले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको