२ कार्तिक २०७८, मंगलवार

गाँजा नष्ट गर्दै जुम्ला प्रहरी




५ भदौ, जुम्ला । जुम्ला सदरमुकामा खलंगामा प्रहरीद्धारा प्राकृतिकरुपमा उम्रिएका गाँजाको बोट नष्ट गरिएको छ । चन्दननाथ नगरपालिकाको वडा नम्बर ५ स्थित चन्नदननाथ बाबाको सेरा ज्युलो, बसपार्क, भारतीवाडा, हस्पिटल लाइन र जुगाड खोलाको आसपासको स्थानहरुमा उम्रिएको गाँजा सुरक्षा निकायको टोलीले नष्ट गरेको हो ।

शनिबार प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईं, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख (डिएसपी) दानबहादुर थापा नेतृत्वको सुरक्षा निकायको टोलीले संयुक्त रुपमा उक्त गाँजा नष्ट गरेको हो ।

जुम्ला स्थित नेपाल प्रहरी , सशस्त्र प्रहरी, नागरिक समाज र नेपाली सेनाका जवान परिचालन गरी गाँजा नष्ट अभियान चलाएका हुन् । गाँजा चरेसका कारण समाजमा विभिन्न किसिमका आपराधिकजस्ता क्रियाकलाप हुने भएकोले गाँजा जुम्ला बजार लगायत अन्य ठाउँहरुमा पनि लगाएका वा आफैँ उम्रिएका गाँजा तुरुन्तै नष्ट गरिने प्रहरी नायव उपरीक्षक थापाले बताए ।

जुम्लामा गाँजा खेती नभए पनि प्राकृतिरुपमा बारीमा उम्रिएको गाँजा सम्भावित स्थानहरुको खोजी गरि प्रहरीले नष्ट गरेको हो । गाँजा खेती नष्ट गर्न नेपाल प्रहरी, नेपाली सेना ,सशस्त्र प्रहरी लगायत संयुक्त सुरक्षा फौजलाईसमेत परिचालन गरिएको छ ।

गाँजा नष्ट गर्न जिल्लाभरका प्रहरी चौकी र प्रहरी इकाइलाई निर्देशन दिइएको प्रहरी नायव उपरिक्षक थापाले बताए । शनिबार सुरक्षा निकायको टोलीले करिब तीन बिगाह क्षेत्रफलमा रहेको गाँजाको बोट नष्ट गरेको छ ।

भदौ दोस्रो वा तेस्रो सातादेखि गाँजा परिपक्व भएपछि कारोबारीहरुले संकलन गर्ने गर्छन् । गाँजा लागुऔषधको रुपमा प्रयोग हुने गरेकाले प्रहरीले भदौको पहिलो सातामै नष्ट गरिदिएको हो ।

राम्रोसँग फस्टाएको एउटा बोटबाट आधा किलोदेखि एक किलोसम्म तयारी अवस्थाको गाँजा उत्पादन हुने बताइन्छ । यसरी उत्पादन भएको तयारी अवस्थाको गाँजा भारतीय बजारमा पु¥याउन सकेको अवस्थामा कारोबारीहरुले प्रतिकिलो ११ हजार भारतीय रुपँयाँसम्ममा विक्री गर्ने गरेको पाइन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको