३ कार्तिक २०७८, बुधबार

महिला टेलिभिजनकर्मीलाई स्टुडियोमै पुगेर धम्क्याउछन् तालिवान



काबुल (एजेन्सी), ५ भदौ । केही दिनअघि तालिवान लडाकूले काबुलस्थित रष्ट्रिय टेलिभिजन नेटवर्क आरटिएको स्टुडियोमा प्रवेश गरेर महिला टेलिभिजनकर्मी मेहर मुर्सल अमिरीलाई तत्काल घर फर्कन र कहिल्यै काममा नआउन निर्देशन दिए । मेक अप गरेर स्टुडियोमा आएको र बुर्का नलगाएको भन्दै लडाकूले उनलाई बेस्सरी हप्काए । 
तालिवानले आरटीएकै समाचार प्रस्तोता सबनम द्धारनलाई पनि स्टुडियोमा पुगेर काम नगर्न दबाब दिए । आफ्नो आदेश नमाने कुनै पनि बेला कारबाही गर्ने तालिवानले उनलाई चेतावनी दिए । 

 तालिवान शक्तिमा आएपछि महिलालाई नियन्त्रण गर्ने कठोर शरिया कानून लागू गर्न सक्ने त्रास आम अफगानीबीच बढिरहेका बेला महिला टेलिभिजनकर्मीलाई तालिवानले काममा रोक लगाएको हो 

सबनमका साथी तथा आरटीएका अर्की प्रस्तोता खादिजा अमिनलाई पनि यसअघि लडाकूले कार्यलय जान रोक लगाएका थिए । तालिवानले सत्तापलट गरेसँगै त्यहाँका सरकारी टेलिभिजनमा काम गर्ने महिला टेलिभिजनकर्मीलाई काम नगर्न चेतावनी दिन थालेका छन् ।  

 तालिवान शक्तिमा आएपछि महिलालाई नियन्त्रण गर्ने कठोर शरिया कानून लागू गर्न सक्ने त्रास आम अफगानीबीच बढिरहेका बेला महिला टेलिभिजनकर्मीलाई तालिवानले काममा रोक लगाएको हो । 

कानूनमा स्नातकोत्तर अध्ययनरत २४ वर्षीय अमिरी भन्छिन्, ‘तलिवानले सत्ता कब्जा गरेपछि हरेक क्षेत्रमा नकरात्मक परिवर्तन भएको छ । प्रजातन्त्र अपहरणमा परेको छ,  महिलाको भविष्य  अन्धकार बनेको छ । ’

अमिरीका अनुसार राज्यको स्वामित्वमा रहेको टेलिभिजन स्टेशनको मुख्यालयमा सशस्त्र पसेका आक्रोशित लडाकूहरुले महिलाहरुलाई तत्कालै स्टेशन छोड्न आदेश दिएका थिए । ‘उनीहरुलाई स्टेशनमा देख्दा हामीहरु निकै अत्तालियौं ।  तालिवानले स्टेशनलाई नियन्त्रणमा लिएका छन् । ‘मैले काम गरेको  टेलिभिजन हेर्दा दारी पालेका मुसलमानले धर्म र शरिया कानूनबारे प्रवचन दिएको मस्जिद जस्तो लाग्छ । महिलाहरु संसारमा नै अस्थित्वमा छैनन् जस्तो लाग्छ ।’ उनी भन्छिन् । 

तलिवानले सत्ता कब्जा गरेपछि हरेक क्षेत्रमा नकरात्मक परिवर्तन देखिएको छ, प्रजातन्त्र अपहरणमा परेको छ र महिलाको भविष्य  अन्धकार बनेको छ 

टेलिभिजनमा काम गरेकै कारण आफ्ना परिवारलाई पनि चेतावनी आएको उनको भनाई छ । ‘मलाई मेरो लागि मात्र होइन परिवारका अन्य सदस्यको पनि डर लागेको छ । अगस्टको अन्त्यमा अमेरिकी फौजले अफगान भूमि खाली गरेपछि तालिवानले आफ्नो पुरानै स्वरुप देखाउनेछन । महिलाको स्वतन्त्रतामा परेड खेलिएको छ । ’

उनका अनुसार तालिवानले पाकिस्तान, इरान, ताजिकस्तानसँगको सिमा बन्द गरेको छ र ती देशमा जान पासपोर्ट भएका अफगानीले पनि देश छोड्न पाएका छैनन् । 

उनले आफ्नो धर्म सम्मान गर्छिन । उनले इस्टाग्राममा लेखेकी छिन, ‘इस्लामिक तर्कमा सिद्धान्त छन् ।’ इस्टाग्राममा उनका ३७ हजार फलोअर छन् । उनका अनुसार अफगानिस्तानमा अहिले महिलाले पढाउन, पत्रकारिता गर्न र गीत गाउन प्रतिबन्ध छ । 

तालिवानले धम्की दिएका तीनै जना टेलिभिजनकर्मीले एक सातामा ६ दिन दुई घन्टा लाईभ सो प्रस्तुत गर्थे । उनीहरु आम अफगानीका लागि परिचित अनुहार हुन् 

आरटीएकै समाचार प्रस्तोता सबनम द्धारनलाई पनि तालिवानले घर फर्किन  भनेका थिए । उनले कार्यक्रम प्रस्तुती गर्ने क्रममा आफ्नो परिचय पत्र देखाएर आफूहरुको जीवन जोखिममा परेको बताएकी थिइन् । ‘प्रणाली परिवर्तन भए पनि मैले काम नछोड्ने निधो गरि म स्टेशन गए । दुर्भाग्यवश मलाई भित्र प्रवेश गर्न दिइएन, यद्यपी मैले आफ्नो परिचय पत्र देखाएकी थिए । उनका अनुसार स्टेशनका पुरुष कर्मचारीलाई भने भित्र जान अनुमति दिइएको थियो । प्रणाली परिवर्तन भएको जनाउदै उनलाई कार्यलय जान दिइएन । त्यसपछि द्धारनले दर्शकहरुलाई संकेत गर्दै एउटा भिडियो फुटेज सार्वजनिक गरिन । फुटेजमा भनिएको छ, ‘ म बिनम्र अनुरोध गर्छु की हाम्रो जीवन जोखिममा परेकोले हामीलाई सहयोग गर्नुहोस ।’ उनको सो फुटेजलाई केही क्षणमा नै हजारौंले सेयर गरेका थिए । उनको फुटेज सेयर गर्नेमा टोलो न्युजका सम्पादक  मिरक्वा पोपाल पनि थिए । टोलो न्युज अफगानिस्तानमा २४ घन्टा नै प्रशारण हुन्छ । 

तालिवानले धम्की दिएका तीनै जना टेलिभिजनकर्मीले एक सातामा ६ दिन दुई घन्टा लाईभ सो प्रस्तुत गर्थे । उनीहरु आम अफगानीका लागि परिचित अनुहार हुन् । स्टेशनले सन् २००८ मा आफ्नो पहुँच युरोप, मध्यपूर्व, उत्तर अमेरिकासम्म बिस्तार गरेको थियो र दिनमा २४ घन्टा प्रशारण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको