२ कार्तिक २०७८, मंगलवार

कोरोना संक्रमणबाट वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा‘बखते’को निधन



४ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।

लामो समयदेखि पाटन अस्पतालमा उपचाररत थापाको शनिबार विहान ४ः४० बजे निधन भएको जीवन थापाले जानकारी दिए ।

अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो ।

६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए । केही ठूला पर्दाका​चलचित्र र विज्ञापनमा पनि उनी देखिँदै आएका थिए ।

थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको