५ कार्तिक २०७८, शुक्रबार

एकताका ढोका बन्द गर्दै बदनाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोहः नेपाल



४ साउन, काठमाडौं । नेकपा (एकिकृत समाजवादी) का संयोजक माधवकुमार नेपालले एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई केपी शर्मा ओलीले कब्जा गरेको बताएका छन् ।

उनले पार्टी कब्जा गरी आफूहरूलाई बदनाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

संयोजक नेपालले भनेका छन्, ‘नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलनमार्फत् चाहेको सँस्कृति एवम् समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ ।’

नेपालले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरू, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रो तर्फबाट थपिनुभएका कमरेडहरू, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरू, संघीय संसदका सांसद कमरेडहरू एवम् वैधानिक प्रावधान अनुसार पुर्याउनु पर्ने महिला कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ ।’

दर्ता प्रक्रिया बैधानिक रूपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने प्रतिवद्धता संयोजक नेपालले व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको